आसन्न मंसिर चार गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि माहोल तात्तिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेद्धारहरुले घरदैलो र सामाजिक सञ्जालमा आफ्ना प्रचार प्रसार गरिरहेका छन् । रुपन्देही जिल्लाबाट लुम्बिनी प्रदेशको प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवारमा हेमा बेल्बासे (के.सी) परेकी छिन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उनलाई रुपन्देही जिल्लाबाट लुम्बिनी प्रदेश सभाका लागि समानुपातिकको बन्दसुचीमा राखेको हो ।
२०७३ सालमा ए फोर ट्रेनिङ्ग सेन्टर प्रा.लि. बाट सामाजिक कामको सुरुवात गरेकी बेल्बासेले निरन्तर ७ वर्ष देखि महिलाहरुलाई सिप सगं जोड्ने धागोको रुपमा काम गरेकी छिन् । लैङ्गिक समानता र महिला सशक्तीकरणको एउटा महत्वपूर्ण औजार रुपमा उनले काम गरिरहेकी छिन् । महिलाहरुका लागि आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम दिदै आएकी छिन् । स्थानीय सरकारको समन्वयमा बेलबासेले सिपमुलक तालिमहरुका माध्ययमबाट महिला दिदीबहिनीहरुलाई स्वोरोजगार, रोजगार तथा आत्मनिर्भर बनाएको दाबी गर्दछिन् । ए फोर टे«निङ्ग सेन्टरको माध्ययमबाट, बेलबासेले इलेक्ट्रिक, पलम्बीङ्ग, सिलाई, कटाई , अचार बनाउने तालिम, फेसन डिजाइनर, हाते कडाई, चुरा, औठी, पोते, जुत्ता, झोला आदि तालिम दिदै सयौ महिलाहरुलाई आत्मनिर्भर बनाएको देखिन्छ । उनै बेल्बासे संग लुम्बिनीखवर पत्रिकाका लागि एलिना आचार्यले गरेको कुराकानीका आधारित अन्तर्वार्ताको सारसक्षेप :

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सभाका लागि तपाईको पार्टीलाई आम मतदाताले किन मतदान गर्ने ?
रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहमा नीतिगत व्यवस्था कार्यन्वयन गर्नका लागि हामीलाई मतदान गर्नुपर्छ जस्तो मलाई लाग्छ । एक त म युवा हुँ , त्यसमा पनि महिला, मेरो कर्मथलो रुपन्देही हो । यो थलोको माटोले पनि मलाई चिन्छ । रुपन्देहीका हरेक पालिकाका, गाउँ गाउँमा पुगेर हामीले कस्ता नीति निर्माण गर्दा रुपन्देही बासीलाई सकरात्मक पर्छ भन्ने बुझेका छौ । युवा तथा महिला स्वरोजगारका विषयमा लामो समय बिताएको छु । त्यस कारण हामीलाई आम मतदाताले मतदान गर्नु पर्दछ ।
रोजगारीको वातारण सिर्जनाका लागि कस्ता नीति बनाउन पर्छ ? लुम्बिनी प्रदेशमा के कस्ता समस्या छन् ? यहाँहरुका एजेन्डाहरु के के छन् ?
हामीले आधारभूत आवश्यक्ताको नीतिगत कार्यान्वयनमा विषेश प्राथमिकता राखेका छौ । हाम्रो एजेन्डा जनताको पक्षमा छन् । हामीले शिक्षा , स्वास्थ्य , कृषि र शान्ति सुरक्षाका निम्ति एजेन्डाहरु बनाएका छौ । शिक्षाको क्षेत्रको कुरा गर्ने हो भने, अहिले पनि सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाले गुणस्तरीय शिक्षा आर्जन गर्न सकिरहेको अवस्था छैन् । त्यसैले हरेक जात, वर्ग, समूदायको शिक्षाको समान पहँुच हुने गरी नीति निर्माण गरीनेछ । न्यूनतम खर्चमा विश्वविद्यालय स्तरीय शिक्षा आय आर्जन गर्ने नीति बनाइनेछ । स्वास्थ्य क्षेत्रमा त हामी धेरै नै पछाडि छौ । त्यस कारणले विशेष गरी हामीले वडा तहका हरेक स्वास्थ्य चौकीमा हामीले अनिवार्य रुपमा प्रसुती सेवा को सहज व्यवस्थापन गर्ने छौ । स्वास्थ्य क्षेत्रमा बनाइका थुप्रै नीतिहरुलाई कार्यान्वयन गर्नका लागि पहल गर्ने छौ । कृषि क्षेत्रमा रुपन्देही जिल्लाको माटो अत्यन्तै सुगम र उर्वर रहेको छ । त्यस कारणले रुपन्देहीका विभिन्न स्थानीय तहका भूमिको जाँच गरी उपयुक्त अन्न तथा बाली उत्पादन गर्नका लागि सहन हुने खालका नीति बनाउन पहल गरीने छ । वर्षेनी हुने मलखाद्यका समस्या बारे जोडदार पहल गरीनेछ । हाम्रो विशेष पहल भनेको रोजगारीका वातावरण सिर्जना लागि पहल गर्ने छौ । किन भने यो समाज पूँजीवादी समाजहो हरेक पाइलामा बाहिर निश्कने बित्तिकै पैसाको आवश्यक्ता पर्छ नीति निमार्ण गरेर कार्यान्वयनमा हाम्रो जोडदार पहल हुने छ । रोजगारीको वातावरणका सिर्जना गर्नका लागि विशेष पहल गरी नि:शुल्क सिप मुलक तालिमको व्यवस्था गर्ने छौ । देशमा विकास र समृद्धिका लागि हामी निरन्तर जनता संग रहेर काम गर्ने छौ ।
तपाईले जित्ने आधार के के छन् ?
मैले सङघर्षलाई नजिकबाट बुझेकी छु । दु:ख के हो त्यो पनि गहिराईबाट हेरेकी छु । मेरा एजेन्डा, मैले निश्वार्थ रुपमा दिएका तालिमहरु, मैले कमाएको सम्मान, माया र मेरा एजेन्डा नै मैले जित्ने आधार हो । पक्कै पनि जनताले व्यक्ति हेर्ने छन् भने मेरो जित सुनिश्चत छ । मैले जनताको पक्षमा सधै काम गरेको छु । जनताले मेरो कामको मुल्याङकन गर्ने छन् । त्यस अलवा भैरहवा क्षेत्रको आर्थिक रुपान्तरणमा मेरो भुमिका रहने छ । भैरहवाको व्यापार मेलाका लागि व्यापार मण्डपको निर्माणमा सहयोग गर्ने छु । यसक्षेत्रमा युवा तथा आम जनसमुदायको आवश्यकता अनुसार काम गरिने छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई पुर्णरुपमा सञ्चालन गरिने छ । लुम्बिनी तथा पर्यटकिय स्थलको विकास गरि बार्षिक रुपमा लाखौ पर्यटक भित्राउन हाम्रो पहल हुने छ । भैरहवा भन्सार कार्यालयलाई आईसिपि निर्माणमा पहल गरिने छ । बजारलाई सुन्दरीकरण तथा यहाँको फोहोर व्यवस्थापन गर्ने छौ । यहाँका उद्योगहरु सञ्चालनमा सर्वसुलभरुपमा बिद्युत तथा सिप मुलक कामदारको व्यवस्था गर्ने हाम्रो लक्ष्य रहेको छ । समाजमा हिमाल, पहाड, तराई कोहि छैन पराई भन्ने नारालाई सार्थकता पार्न भुमिका खेलिने छ । बिकास र योजनालाई समानताका आधारमा न्यायोचितरुपमा वितरण गरिने छ । नेपाली उत्पादनहरु भारतीय बजारमा पुर्याउन सहयोग गरि व्यापार घाटा न्युनिकरण गरिने छ । महिला तथा बालबालिका र बृद्धहरुका लागि विभिन्न सामाजिक कार्यक्रम मार्फत सहयोग गरिने छ । भैरहवाको रात्रिकालिन व्यापार व्यवसाय सञ्चालनमा पहल गरिने छ । युवा उद्यमीको उत्पादनमा हाम्रो जोड रहने छ ।
अन्तिममा तपाईका मतदातालाई के भन्न चाहानुहुन्छ ?
म मेरा आदरणीय मतदातालाई आग्रहसँगै विश्वस्त भएर मतदान गरिदिनु चुनाव चिन्ह साइकलमा अत्याधिक बहुमतले बिजयी गराईदिनु हुनका लागि आग्रह गर्न चाहान्छु । मतदाताको मुख्य भूमिका हुने गर्छ, निर्वाचनमा कसलाई विजय बनाउने कुरा मतदाताको हातमा हुन्छ । त्यस कारणले आफ्ना अमूल्य भोटको सदुपयोग गरी यस पालिको प्रदेश सभामा चुनाव चिन्ह साइकलमा स्वस्तिक छाप लगाइ एक पटक नयाँ अनुहार अर्थात मलाई विजयी गराउनु हुन अनुरोध गर्छु । अब हाम्रा भन्दा राम्रालाई बिजय बनाउन मेरो आग्रह अनुरोध छ । यसक्षेत्रको विकास र समृद्धिका लागि मेरो अभियान निरन्तर रहने छ ।