logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अखिल क्रान्तिकारी द्वारा भैरहवा बहुमुखि क्याम्पसमा सह इकाई गठन


    ५ पौस २०७९ , मंगलबार

    अखिल क्रान्तिकारी द्वारा भैरहवा बहुमुखि क्याम्पसमा सह इकाई गठन

    झब्बर यादव
    सिद्धार्थनगर, ५ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थित भैरहवा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी सह इकाई गठन गरिएको छ ।
    कार्यक्रममा मन्तब्य राख्ने क्रममा अध्यक्ष तथा अखिल क्रान्तिकारी भैरहवा बहुमुखि क्याम्पस मुल इकाई समितिका अध्यक्ष मनिस ढकालले यस संगठनको परिचय दिदै संगठनले गरेको कार्य र भविष्यमा खेल्ने भुमिकाको जानकारी दिनुभयो ।


    अखिल क्रान्तिकारी संगठनले विद्यार्थीका हक हितका कार्यहरु गर्दै आएको साथै विद्यार्थीको शिक्षण सिकाइका लागि चाहिने सेवा सुविधा क्याम्पसले उपलब्ध गराएको छ कि छैन् त्यसको वारेमा संगठनले पहल गर्दै आएको ढकालले जानकारी दिनुभयो ।
    बिद्यार्थीलाई समय समयमा शैक्षिक भ्रमण गराउनुका साथै विद्यार्थीका समस्याहरु बुझि समस्या हल गर्दै आएको कार्यक्रमका अध्यक्ष ढकालले बताउनुभयो ।
    कार्यक्रमका अतिथिका रुपमा अशोक ओली क्रान्तिकारी संगठनले गर्दै आएको कार्यहरु बताउदै विद्यार्थीहरुलाई सही तरिकाले सेवा प्रदान गर्ने र अगामि दिनमा पनि संगठनले अझै राम्रो कार्य गर्ने लक्ष्य रहेको बताउनुभयो ।
    कार्यक्रममा स्वागत मन्तब्य दर्शना अधिकारी, कार्यक्रमका अतिथि वर्ष डुम्रे, अनुज्ञा क्षेत्री, खुस्बु खान , रचना के.सी र कार्यक्रम संचालकको रुपमा सुरज ज्ञवालीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
    अखिल क्रान्तिकारी सह इकाई वि.वि.एस प्रथम वर्षका विद्यार्थी यूनियनको अध्यक्षका रुपमा शैलेस यादव, उपाध्यक्ष नौसाद अलि, सचिव पुजा चौधरी, सह सचिव सुधा बरई, कोषाध्यक्ष युवराज त्रिपाठी, सहकोषाध्यक्ष विजय प्रकाश यादव लगायत ३२ सदस्यी सह इकाइ समितिमा चयन भएका थिए । सदस्यमा निकिता यादव, अनिशा यादव, ऋतु भुज, सबिता भण्डारी, रेश्मा चौधरी, सृष्टि न्यौपाने, निदा खान, छाया कान्दु, लक्ष्मी सिंह, सुजिता श्रेष्ठ, राहुल नाउँ, सुजन बरई, राहुल गुप्ता, फिरोज दर्जी, अजय कुमार यादव, अहमद अलि, रामेश्वर यादव, जगरनाथ यादव, ममता पाण्डे सुमन धवल, अस्मिता चौहान, सन्तोषी मिश्रा, प्रमिला मौर्या, अन्जली ठाकुर, सरस्वती कुवर, इन्दिरा कुवर, अशिका रासकोटी, आर्जुन वरई, प्रसान्त वनिया , रोहित गुप्ता, सुरेश कुर्मी सिंह र आकास तिवारी लगायत सह इकाइ चयन भएको कार्यक्रम संचालक सुरज ज्ञवालीले बताउनुभयो । कार्यक्रमका सह इकाइ समितिमा चयन भएका सदस्यहरुलाई टिका र दोसल्ला ओढाई सम्मान समेत गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.