logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    गीत : ढुङ्गालाई पुजा -केशव शर्मा बेलबासे


    २५ माघ २०७९ , बुधबार

    गीत : ढुङ्गालाई पुजा   -केशव शर्मा बेलबासे

    गीत
    ढुङ्गालाई पुजा गर्छ यहाँ एउटा मान्छे
    सीताजीलाई शंका गर्छ यहाँ अर्को मान्छे
    सिसीटिभीको निगरानीमा बस्ने गरायो
    मान्छेलाई यति बेइमान कसले बनायो ?

    इमान्दार बन्न कोही फुकी–फुकी पाइला चाल्छ
    जन्मौँ भोकै भए सरी पाएजति कोही खान्छ
    मान्छे–मान्छे वीच यति फरक कसले गरायो
    मान्छेलाई यति बेइमान कसले बनायो ?

    चन्द्रमामा बस्तीबसाउँछु भन्दै हिड्छ एउटा मान्छे
    मदिरालाई नै जिन्दगी भन्ठान्छ अर्को मान्छे
    एउटाले अर्कोलाई यहाँ नजान्ने गरायो
    मान्छेलाई यति बेइमान कसले बनायो ?

                       – भैरहवा बहुमुखी क्याम्पस

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.