कविता
महलको सपनामा वित्छ लामो रात
दिनभरी भोको वसी खानुछैन भात ।।
गरीबको घर भित्र कसले गर्छ बास
दाम पैसा तिर्न पर्ने लिन पनि श्वास ।।
अहो ! दैव तिम्रो लिला अपरम्पार होला
यदि तिमी भाकोभए खाली किन झोला ।।
ठूलाहरु ठूलै भए सानालाई हेला
गरीबको निम्ति यहाँ कसले बोलिदेला ।।
भोको पेट सुत्नु पर्दा रुन्छिन सानी नानी
अहो ! दैव किन यस्तो गर्छौ जानी जानी ।।
तिमीलाई थाहा होला सबैको दुःख
दुःख मात्र दिन्छौं किन कहिले दिन्छौं सुख ।।
–भैरहवा नमुना उच्च माध्यमिक विद्यालय