logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सहिद सप्ताहको अवसरमा रक्तदान


    २१ फाल्गुन २०७९ , आइतबार

    सहिद सप्ताहको अवसरमा रक्तदान

    सन्जय गुरुङ
    बुटवल । सहिद स्मृति प्रतिष्ठान नेपाल , रुपन्देहीद्धारा आयोजित सहिद सप्ताह -२०७९ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको ब्लड बैंकमा भएको कार्यक्रममा फागुन २१ गते आइतबारको दिन भएको कार्यक्रममा २९ युनिट ब्लड संकलन भएको छ।

    कार्यक्रममा सहिद प्रतिष्ठानका उपाध्यक्ष मनोज रानाको अध्यक्षतमा रहेको थियो । जसमा नेकपा (माओवादी केन्द्र ) का नेता बामदेव क्षेत्रीको प्रमुख अतिथित्यता रहेको थियो। उनले रक्तदान जीवन दान रहेको बताएका थिए । क्षेत्रीले लुम्बिनी प्रादेशिक अस्पतालमा जो कोहि बिरामीलाई ब्लड बैंकले निशुल्क रक्तदान प्रदान गर्दै आई समेत उल्लेख्य गरे। यसैगरी कार्यक्रममा माओवादी नेता गोबिन्द केशी , बिनोद पहाडी , निर्मल जिसि, यज्ञ पोखरेल र धन बहादुर गुरुङको उपस्थिति रहेको थियो ।

    यसैगरी कार्यक्रम महान जनयुद्धका सहिदहरुको स्मृतिमा प्रत्येक बर्ष फागुन १४ गते देखि २१ गते सम्म सहिद बिपेत्ता र घाइते परिवारहरु भेटघाट र छलफल र सम्मान गरिने भएको हुँदा यश बर्ष पनि विभिन्न कार्यक्रम गरि सहिद सप्ताह गरिएको छ। जसमा शहिद स्मृति प्रतिष्ठान, नेपाल रुपन्देहीका सदस्य दमोदर घिमिरे कार्यक्रम सन्चालन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.