logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    साउदी अरेबिया द्धारा सुडानबाट विदेशीहरूलाई उद्धारगर्ने क्रम जारी


    १३ बैशाख २०८० , बुधबार

    साउदी अरेबिया द्धारा सुडानबाट विदेशीहरूलाई उद्धारगर्ने क्रम जारी

    शहबाज खान

    कपिलवस्तु ।साउदी अरेबियाले सुडानबाट विभिन्न देशका अलपत्र परेका थप १९९ व्यक्तिलाई स्वदेश फर्काएको छ ।
    साउदी परराष्ट्र मन्त्रालय बाट जारि विज्ञप्ति अनुसार १० जना साउदी नागरिक र अन्यदेशका नागरिक बोकेको साउदी जहाज जेद्दास्थित किंग फैसल नौसेना बेसमा आइपुग्यो।
    “साउदी अरेबियाको नेतृत्वको निर्देशनमा सुडानबाट आफ्ना नागरिक र मित्र राष्ट्रका नागरिकहरूलाई सुडानबाट उद्धारगर्ने प्रयासको निरन्तरतामा १० साउदी नागरिक र मित्र राष्ट्रका१८९ नागरिकहरू जेद्दा आइपुगेका छन् ’ विज्ञप्तिमा भनिएको छ ।


    यसले सुडानबाट उद्धार कार्य सुरु भएदेखि हालसम्म ३५६जना, १०१ साउदी नागरिक र २६राष्ट्रका अन्य २५५ जनालाई उद्धार गरेको मन्त्रालयले जनाएको छ।
    उद्धार गरिएकामा अमेरिका, बेलायत, स्वीडेन, इटाली, कतार, सिरिया, नेदरल्याण्ड, इराक, टर्की, तान्जानिया, लेबनान र लिबिया का बाशिंदाहरु रहेका छन् ।
    जेद्दाहमा आफ्ना देशको प्रतिनिधित्व गर्ने एक दर्जनभन्दा बढी कूटनीतिज्ञहरू उद्धार गरिएका बाशिंदाहरु लाइ स्वागत गर्न उपस्थित थिए।
    साउदी अरेबियाले विदेशी नागरिकहरूलाई उनीहरूको देशमा प्रस्थान गर्नका लागि सहजीकरण गरेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.