नारायण ज्ञवाली
नेपालमा विकास र समृद्धिको यात्राका लागि योजनाहरु ल्याउने गरिन्छ । योजनाका आधारमा देशको प्रत्येक तहको विकास हुने गर्दछ । विश्वका विकसित देशहरुमा योजना विना कुनै पनि कार्य सम्पादन हुदैनन् । योजनाले परिभाषित गरेका विषयहरुमा छलफल र अन्तरक्रियाबाट विकासका यात्राहरुलाई अगाडी बढाउने गरिन्छ । स्वास्थ्य , शिक्षा, रोजगार, पुर्वाधार विकास तथा कृषीक्षेत्रमा परिपक्क योजना निर्माण गरि कार्यन्वयन गरिएको हुन्छ । विषय विज्ञता भएका मानिसबाट निर्माण हुने योजनालाई सरकारी निकायले छनोट गरि परियोजनाहरु शुरु गरिएका उदारणहरु प्रशस्तहरु भेटिन्छ । राज्यले आफ्ना सवै तहमा योजना निर्माणलाई प्रमुखताका साथ गर्नका लागि निर्देशन गर्नु पर्दछ । तल्लो तह देखि परिपक्क योजना बनाई हुने कामले सवै क्षेत्रमा सार्थकता पाउने गरेको छ । नेपालमा यस्ता कार्यक्रमहरु भएको पाईदैन । त्यसैले देशका सवै क्षेत्र भद्रगोलको अवस्थामा देखिन्छ ।
देशमा राजनीतिक परिवर्तन भएपनि मानिसको जिवनस्तर र देशको विकासका यात्राहरु अगाडी बढ्न सकेको पाईदैन । देशमा तिन तहको सरकार छ । तर सरकारको नेतृत्व गर्ने मानिसहरुले योजनाबद्ध विकासका कामहरुलाई अगाडी बढाउन खोजेको देखिदैन । धेरै जसोमा कमाउ सोचले पनि नेपालको परिवर्तन संस्थागत हुन सकेको छैन । देशमा राजनीतितन्त्र र कर्मचारीतन्त्रमा कमाउ धन्दाले व्यापकता पाउदा पनि आमजनसमुदायले चाहेको विकास र समृद्धिका योजनाहरु कार्यान्वयन हुन नसकेको हो । देशमा स्वदेशी दलाल तथा विदेशीले समेत आफ्नो स्वार्थ अनुकुल यहाँको सरकार र कर्मचारीलाई प्रयोग गर्दा जनताले सोचेको विकास अहिले सम्म पनि हुन सकेको छैन । शिक्षाक्षेत्रमा दलालहरुको आगमन तथा स्वास्थ्य क्षेत्रमा समेत नीजितन्त्रको नाफाखोरले गर्दा नेपाल अहिले खोक्रो बनेको छ ।
याे पनि पढ्नुहाेस् । https://www.elumbinikhabar.com/2023/09/13409/
स्वदेशमा कुनै पनि नेपालीले आफ्नो भविष्य नदेख्दा धेरै नेपालीहरु विदेशमा बसाई सरेका पनि छन् । विशेस गरेर युवा जनशक्तीको अभावमा देशले चाहेका विकास र विस्तारका कार्यहरु गर्न सकेको छैन । यहाँको अर्थतन्त्रमा भारतीयमुलका मानिसहरु कब्जामा परेको देखिन्छ । बैंक वित्तय संस्था तथा उद्योगहरु केहि सिमित मानिसहरुले नियन्त्रण गर्दा रोजगार तथा अर्थतन्त्र खुम्चिएको देखिन्छ । अहिले नेपालको अवस्था कमजोर देखिन्छ । आर्थिक तथा राजनीतिक रुपमा प्रगती हुन नसक्दा देशमा कहिले के हुने भन्ने शंका उब्जने गरेको छ । धेरैजसो नेपालीहरुलाई देश सञ्चालन गर्न चाहाने नेतृत्व वर्ग संग विश्वास हुनेगरेको देखिदैन । देशलाई समृद्धिको यात्रामा अगाडी बढाउने भाषण हुने गरेपनि त्यो भाषणमा मात्र देखिन्छ । देशको विकासमा सकृय नेपालका कुनै पनि राजनेतामा देखिदैन । जनतामा पनि नेता प्रतिको विश्वास कम हुन थालेको छ ।
देशको विकासको लयलाई समात्न सक्ने नेताको खाचो नेपाललाई केहि दशक देखि खड्किएको छ । तर त्यसको जन्म हुन नसकेको अभाव सवैमा छ । देशलाई अगाडी बढाउनका लागि यहाँका सवै विषयहरु योजना र छलफल बाट अगाडी बढाउन आवश्यक छ । देशको समृद्धिको यात्रा योजनाका आधारमा हुन आवश्यक छ । योजना विनाका कामहरु वालुवा माथी पानी हाले जस्तै हो । घर देखि शहर र शहर देखि राज्य सवैले योजना निर्माण गरेर काम गर्नु पर्दछ । योजना बनाएर निमाृण गरिएका शहरहरु, शिक्षालयहरु र उद्योगहरुको विकास अहिले संसारमा उर्लदो छ । योजना विनामा काम गर्ने हरु विलाउदै गएका छन् । योजनालाई समृद्धिको आधार मान्नु पर्दछ । नेपालमा विकासका साथै अर्थतन्त्रको सवलिकरण तथा विदेशीने जनशक्तीलाई रोक्न आवश्यक छ । यो देशले गर्न सके नेपाल समृद्धिको यात्रामा अगाडी बढ्ने छ । नत्र यहाँ बृद्धहरुको देश मात्र वन्न सक्ने देखिन्छ । त्यस तर्फ सवैको ध्यान जाओस ।