logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिकाको विशेष तयारी


    ३ असोज २०८० , बुधबार

    नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिकाको विशेष तयारी

    लुम्बिनीखबर

    मर्चवार, २ असोज । रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिका शिक्षकहरु बैठक बसेका छन् । बुधवार ३ गते नेपाल शिक्षक महासंघको केन्द्रीय अन्दोलनलाई सफल पार्नका लागि मंगलवार २ गतेका दिन नेपाल शिक्षक महासंघ मर्चवारी गाँउपालिका बैठक बसेको छ । 

    सो वैठक अन्दोलन परिचालन समिति गठन, अन्दोलनमा सहभागिता जनाउनका निम्ति, अन्दोलनका गतिविधिलाई मर्चवारी गाउँपालिकाले जिल्ला अन्दोलन परिचालन समितिमा समन्वय गर्न, विद्यालय बन्द गर्न लगायतका प्रस्तावहरु छलफलका लागि नेपाल शिक्षक महासंघका मर्चवारीका अध्यक्ष रामप्रसाद हरिजनको अध्यक्षतामा बैठक बसेको हो ।

     

    सो बैठकमा नेपाल शिक्षक महासंघ मर्चवारीका अध्यक्षका साथै अन्य नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिकाका सदस्य तथा शिक्षक कर्मचारीहरुको सहभागिता रहेको थियो ।  बैठकमा नेपाल सरकार मन्त्री परिषद्बाट विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण विधेयक २०८० पारित गर्नका लागि दर्ता भएको छ । 

    बुद्धवार ३ गते देखि हुन गइरहेको नेपाल शिक्षक महासंघ विशाल अन्दोलनमा सहभागिताका लागि मंगलवार २ गते मर्चवारी गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक कर्मचारीको उपस्तिथिमा अन्दोलन विशेष तयारीका लागि बैठक बसेको हो । 

    नेपाल सरकारले विद्यालय र शिक्षा सम्बन्धी ल्याएको विधेयक २०८० माथि शिक्षक तथा कर्मचारीहरु असन्तुष्ट रहेका छन् । किन भने उक्त विधेयकमा केही बुदाँहरु सुधारका लागि र यो विधेयक पारित हुनुभन्दा पहिला नै नेपाल शिक्षक महासंगले माग गरेको विभिन्न बुदाँमा सहमति भएपनि उल्लेख नभएकोले यसको विरोध प्रदर्शन र मागका लागि ३ गते देखि बृहत रुपमा अन्दोलन हुने विज्ञप्तिमा उल्लेख रहको छ । उक्त संशोधनका लागि निर्णय गरिएको बुदाँ नेपाली शिक्षक कर्मचारीहरु र सार्वजनिक विद्यालय शिक्षामा नेपाल सरकार संग सम्झौता भएको थियो । सम्झौताको विषयहरुलाई संशोधन नगरि शिक्षा क्षेत्रमा दुरगामी प्रतिकुल असर पार्ने गरी विधेयक ल्याएको छ । यस विधेयकको सम्बन्धमा नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिका समितिले गम्भिर ध्यानकर्षण गराएको छ ।


    याे पनि पढ्नुहाेस् । https://www.elumbinikhabar.com/2023/09/13409/


    नेपाल शिक्षक महासंघ, केन्द्रीय कार्यसमितिद्वारा घोषित कार्यक्रम सफल बनाउनका लागि मर्चवारी गाउँपालिकाका प्रधानाध्यापक, पेशागत संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरु र नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपािलका समिति असोज २ गतेको विभिन्न विषय माथि छलफल गरी निर्णय गरेका छन् । निर्णय अनुसार अन्दोलनलाई सफल बनाउन असोज ३ गतेदेखि मर्चवारी गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरी उक्त अन्दोलनमा सहभागिता भई सफल बनाउनका लागि प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाइ अह्वान गरिएको हो । 

    आज मंगलवार २ गतेका दिन शिक्षक महासंघ मर्चवारी गाउँपालिकाका अध्यक्ष रामप्रसाद हरिजनको अध्यक्षतामा मर्चवारी गाउँपालिका, सम्बन्धित वडा कार्यालय, सम्बन्धित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरु, पत्रकार तथा सम्पूर्ण सरोकारवालाई बोधार्थ गराएको छ ।  

    मंगलवार नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिकाका अध्यक्ष रामप्रसाद हरिजनको अध्यक्षतामा बसेको बैठकमा मर्चवारी गाउँपलिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा अस्थायी, राहत, बालविकास तथा विद्यालय कर्मचारी संयुक्त रुपमा बैठकमा सहभागिता जनाएका थिए । बैठकमा ४० जना भन्दा बढी शिक्षक कर्मचारीको सहभागिता रहेको थियो । यस अन्दोलन द्वारा विद्यालय शिक्षा तथा शिक्षकका जायज मागहरु संशोधन गराउन सहयोग, समर्थन तथा एक्यबद्धताका लागि सम्पूर्ण अभिभावक विद्यार्थी, संघसंगठनहरु, विद्यालय व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति महासंघ, शिक्षक अभिभावक संघ, शिक्षक अभिभावक संघ राष्ट्रिय कार्यसमिति, सम्बन्धित वडा कार्यालय, गाउँपालिकाका शिक्षा समिति, शिक्षा प्रेमी पत्रकार तथा आम सरोकारवाला संग हार्दिक अपिल समेत गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.