पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ९ असोज । रुपन्देहीको रोहिणी गाउँपालिकामा स्थित रहेको रामनरेश यादव आदर्श माध्यमिक विद्यालय स्वामीनगरको ६८औं बार्षिक उत्सव तथा अभिभावक भेला सोमबार धकधईमा सम्पन्न भएको छ ।
वि.स २०१३ साल असोज १ गते स्थापित भएको श्री रामनरेश यादव आदर्श माध्यमिक विद्यालय यस क्षेत्रकै पूरानो विद्यालय रुपमा स्थापित भएको छ । धकधई बजारमा रहेको यस विद्यालयले सोमवार विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाउनका साथै अभिभावक भेला पनि सम्पन्न गरेको छ ।
यो विद्यालय रोहिणी गाउँपालिकामा मात्र नभई ओमसतिया गाउँपालिकामा समेत नमुनाको रुपमा रहेको छ । यस विद्यालयमा रोहिणी गाउँपालिकाका साथै ओमसतिया गाउँपालिका विद्यार्थीहरुलाई उत्तिकै अध्ययनका लागि आउने गर्दछ ।

कार्यक्रममा वक्ताहरुले रामनरेश यादव माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा विकसित गर्दै लैजानेका आफूहरु सधैं नै तयार रहने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा अभिभावहरुले विद्यालयमा भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षक, विद्यार्थी, खेलमैदान आदि कुराहरु प्रयाप्त रहेपनि सो अनुसारको उपलब्धी दिन नदेखिएको र यसका लागि सम्बन्धित सरोकारवाला स्थानीय सरकार, शिक्षक, विद्यार्थी अभिभावक समेतले महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको र अहिलेको नतिजा सन्तोष जनक नरहेको अभिभावकहरुले जनाएका थिए ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले श्री रामनरेश यादव माध्यमिक विद्यालय रोहिणी गाउँपलिकाको गहनाको रुपमा रहेको छ । विद्यालयमा हाल अहिले कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको र यस विद्यालयलाई डिग्री क्याम्पसको रुपमा विकास गर्ने उद्देश्य राखेर गाउँपालिका र विद्यालयले अगाडि बढेको बताएका थिए । यस विद्यालयलाई डिग्री क्याम्पस बनाउनका लागि गाउँपालिका र विद्यालयले गुणस्तरीय तर्फ विशेष ध्यान दिएर शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाएको बताएका थिए । यस विद्यालयलाई चाहिने आवश्यक विषयमा गाउँपालिकाद्वारा मात्र नभई आफू व्यक्तिगत रुपमा पनि सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा अतिथि तथा रोहिणी गाउँपालिका पूर्व अध्यक्ष सनोज कुमार यादवले कार्यक्रलाई सम्वोधन गर्दै रामनरेश यादव आदर्श माध्यमिक विद्यालयले २०१३ सालमा स्थापना भई अहिले ६८औं वर्षमा प्रवेश गरेको र अहिले क्षेत्रमा नै १२ कक्षा सम्म पढाई हुने शिक्षालयको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गरेका थिए । विद्यालयले विभिन्न समयअवधी पार गरी अहिले शिक्षाको उपलब्धीमा देखिएको कमि कमजोरी सबै सरोकारवालाहरु निगरानीमा राखेर आआफनो ठाउँवाट पहल गरेमा अवश्य नै सुधार हुने विश्वास व्यक्त गरेका थिए । विद्यालयलाई डिग्री क्याम्पस संचालन गर्न पालिका र विद्यालयले नीति, योजना तथा कार्यक्रम बनाई निरन्तर गुणस्तरीयताको रफतारमा कार्य गर्यो भने अवश्य नै सोचेको सपना सकार हुने गाउँपालिका पूर्व अध्यक्ष यादवले बताएका थिए ।

कार्यक्रममा रामनरेश यादव माध्यमिक विद्यालयका प्रधानाध्यापक अब्दुल हलिम खाँले हाल विद्यालय कक्षा १२ सम्म संचालित क्षेत्रकै पहिलो विद्यालयको रुपमा रहेको छ । यस विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म २ हजार १० जना विद्यार्थीहरु रहेका बताएका थिए । प्रधानाध्यापकले विद्यालय भौतिक पूर्वाधारका हिसाबले अब्बल रहेको नतिजा देखिएको कमिकमजोरीलाई विशेष ध्यानमा राखि शिक्षण सिकाई कार्यलाई चुस्तदुरुस्त बनाई विद्यालयलाई क्षेत्रकै नमूना विद्यालय बनाउने तर्फ विशेष जोड रहेको बताएका थिए । विद्यालयले अगागि शैक्षिक सत्रमा कक्षा ११ र १२ मा बिज्ञान संकायको पठनपाठन पनि शुरु गरिने योजना अनुसार कार्य भइरहेको बताएका थिए । शैक्षिक उपलब्धि अभिवृद्धिका लागि शैक्षिक सामग्रीको प्रयोगमा वृद्धि गरि शिक्षक सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउने, प्राजेक्टर एवम स्मार्टबोर्ड प्रयोग गर्ने, शिक्षक, विद्यार्थी र अभिभावक अन्य सरोकारवाला संग छलफल तथा अन्तक्रिया गरी शैक्षिक गुणस्तरीयताका लागि विशेष योजना बनाई विद्यालयले अगाडि बढेको जनाएका थिए । अगामी शैक्षिक सत्रदेखि नै विद्यालयमा स्नातक तहको अध्यापन अध्यापन कार्य सुरु गरिने प्रधानाध्यापक खाँले बताएका थिए ।
कार्यक्रममा अतिथि रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमन्त्री ताहिर अलिले विद्यालय समाज परिवर्तनको केन्द्र विन्दु हो । विद्यालयको प्राङ्गणमा राजनीतिक नगरी डिग्री क्याम्पस बनाउन सबैले आआफनो क्षेत्रबाट सहयोग गर्नुपर्छ । चुनावी समयमा आफूहरु जुनसुकै विचार, धारा र पार्टीको झण्डा बोकेर हिडेपनि विद्यालय सबै कुरा विर्सेर विद्यालयलाई डिग्री सम्म संचालनमा सहयोग गर्नका लागि सबै स्वच्छ निष्पक्ष रुपमा खर्रो उत्रिनु पर्ने अलिले बताएका थिए । पूर्व अध्यक्ष अलिले भनेआफनो कार्यकालमा विद्यालयको भौतिक व्यवस्थापन, विद्यालयको जग्गा सिमाङ्कन, बाटो निर्माण लगायतका विभिन्न कार्यहरु गरेको अवगत गराउदै विद्यालय विकासमा सबै एकमत भएर हिडनुपर्ने बताएका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरनाथ त्रिपाठीले व्यक्ति समाज र राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका विद्यालय रहेको र विद्यालयको उन्नति प्रगति भएमा मात्र सबैको प्रगति हुने बताएका थिए । यो विद्यालयमा आफू सदस्य देखि सल्लाहकार, अभिभावक समेत रहि काम गरेको र हाल अध्यक्षको रुपमा चयन भएको बताएका थिए । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएको समयदेखि विद्यालयको भौतिक र शैक्षिक गुणस्तरीयतामा आफू लगिपरेको बताएका थिए ।
कार्यक्रममा अतिथि तथा गाउँपालिकाका प्रवक्ता वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयले एसईई परिक्षामा सबै भन्दा बढी ग्रेड ल्याएका र कक्षा ११ र १२ का उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरी सम्मान गरेको प्रवक्ताले बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमार, राजकुमार यादव, बैजनाथ सहानी, रामनरेश माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तारानाथ पादव, एमाले प्रदेश कमिटी सदस्य संजय गुप्ता, प्रदीप कुमार पाण्डे, धनेश्वरी चौधरी, युनिक होम्स इग्लिस हाई स्कुलका प्रधानाध्यापक मनोज कुमार यादव, छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र कुमार यादव , शिक्षक मुराली मनोहर, सतिषचन्द्र मिश्र, जयप्रकाश यादव, अकबाल खान, अनिल कुमार कौशल, विद्यार्थी, अभिभावक, सुरक्षाकर्मी, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, स्थानीयवासी, चन्दादाता, विभिन्न कार्यालयका प्रतिनिधि वा प्रमुख लगायको उपस्थितिमा भव्यताका साथ काार्यक्रम सम्पन्न भएको विद्यालयको सुचना अधिकारीले जनाएको छ ।