logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मर्चवारीको शिक्षा गुणस्तर सुधारमा बरईको निर्देशन


    १६ असोज २०८० , मंगलबार

    मर्चवारीको शिक्षा गुणस्तर सुधारमा बरईको निर्देशन

    असलम खाँन । लुम्बिनीखबर
    मर्चवार, १६ असोज । रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले शिक्षामा पालिकाले कुनै प्रकारको लापरवाही स्विकार्य नहुने बताएका छन् ।
    सोमबार गाउँपालिकाको शिक्षा सुधार अभियान अन्तर्गत वडा नम्बर ३ मा रहेको श्रीमती मनराजी देवी माध्यमिक विद्यालय सेमराको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष बरईले शिक्षाको गुणस्तर सुधार गर्ने तर्फ लाग्न शिक्षकहरुलाई निर्देशन दिएका छन् ।


    गाउँपालिका स्वास्थ्यमा जिल्लामै उत्कृष्ट भएको छ । अब शिक्षालाई पनि त्यस्तै गरि अगाडी ल्याउनु पर्ने छ । अध्यक्ष बरईले भने – गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुले नै पहल गर्न जरुरी छ जसरी स्वास्थ्यकर्मीहरुले गरेका छन् । गाउँपालिकाले कुन पक्षमा के कस्ता कार्य गर्नुपर्छ त्यसको लागि गाउँपालिका सधैँ तयार छ ।
    विद्यालय पोशाकमा नभेटिए पछि बरईले शिक्षकहरु हिरो बनेर विद्यालय आएको भन्दै शिक्षकहरुको विभिन्न किसिमले आलोचना समेत गरेका थिए । विद्यालय पोशाकको रकम शिक्षकहरुले पाएका कारण विद्यालय आउँदा अनिवार्य रुपमा पोशाक लगाएर आउनुपर्ने गाउँपालिका अध्यक्ष बरईले निर्देन दिएका थिए । विद्यालय समय १० बजे पछि शिक्षक एवम् विद्यार्थीका लागि ढोका बन्द गर्न उनले निर्देशन दिएका थिए ।
    विद्यालयमा शिक्षक एवम् विद्यार्थीमा मोबाइलको समस्या देखिएकोले विद्यालयमा मोबाईल निषेध गर्न आग्रह गरेका थिए । कतिपय कक्षाकोठामा कुर्सी देखिएको हुँदा हाजिर गर्ने पहिलो घण्टी बाहेक अन्य घण्टीमा नराख्न निर्देशन अध्यक्ष बरईले दिएका थिए ।


    अध्यक्ष बरईले भने– यसले पछाडीका विद्यार्थीलाई शिक्षक हेर्न अप्ठ्यारो हुन सक्छ । विद्यालयमा शिक्षकको अभाव हटाउन शिक्षकको लागि विज्ञापन खुलाएको भए पनि प्राविधिक कारण सफल नभएको बताएका थिए । अबको दिनमा यसलाई निरन्तरता दिने उनको भनाई थियो ।
    श्रीमती मनराजी देवी माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरुलाई निकट भविष्यमै कन्या विद्यालयमा सार्ने तयारी भैरहेको जनाउदै अध्यक्ष यादवले यस पछि विद्यार्थीको चाप केही हदसम्म घट्ने जिकिर गरेका थिए ।
    विद्यालय आउने तर अध्यापन बाहेक अन्य काम नगर्ने शिक्षकहरुलाई उनले सुध्रन चेतावनी दिदै नसुध्रिए सरुवा गर्ने बताएका थिए ।
    विद्यालयका प्रधानाध्यापक हृदयराम यादवले विद्यार्थीको तुलनामा शिक्षक अनुपात अत्यन्तै कम भएको कारण पठन पाठनमा कमि आएको गुनासो गरेका थिए । प्रधानाध्यापक यादवले यो समस्या समाधान नभए सम्म शिक्षण सुधारमा कठिनाई आउने जिकिर गरेका थिए । यस्तै श्रीमती मनराजी माध्यमिक विद्यालयमा शौचालयको समस्या एवम् फर्निचरको आभाव देखाउदै यसलाई पनि समाधान गरिनुपर्ने गाउँपालिका अध्यक्षलाई आग्रह गरेका थिए ।
    विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद यादवले मर्चवारीको एकमात्र प्राविधिक विद्यालय रहे पनि कक्षा १० पछि विद्यार्थीहरु पुरानै धारमा फर्किन बाध्य रहेको बताएका थिए । सहप्रधानाध्यापक यादवले भने –यसको लागि प्राविधिक शिक्षामा ११ र १२ सञ्चालन गर्नु पर्ने सुझाएका थिए ।
    विद्यालय अनुगमनमा मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष जर्नादन यादव लगायत रहेका थिए । श्रीमती मनराजी देवी माध्यमिक विद्यालयमा १ हजार ६ सय ६२ जना विद्यार्थी रहेका छन् । यहाँ शिक्षकको संख्या २६ जना मात्र रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.