आमा
आमाको माया र ममता कसले विर्साउन सक्छ र ।
आँखाभरि मायाको छाँया कसले देख्न सक्दैन र ।।
आमा तपाई नौ महिना आफनो गर्भमा राखि ।
जन्म दिनूभयो मलाई संसारको सम्पूर्ण सुख त्यागी ।।
आमा तपाईले भने झै अघि म बढ्नेछु ।
लेखपढ गरि देशभक्त, देश रक्षक बन्नेछु ।।
आमा तपाईको स्थान कसले लिन सक्छ होला ।
तपाईको ममता अगाडि ईश्वर पनि झुक्छ होला ।।
आमा जस्तो धैर्यवान सहनशील को हुनसक्छ र ।
आँखा भरि मायाको छाँया कसले देख्न सक्दैन र ।।
आमा तपाईसंग नातागासीबस्न मन भयो ।
देश विकासमा तपाईको महत्वपूर्ण भूमिका रह्यो ।।
आमा तपाई जस्तो को हुन सक्छ चरित्रवान ।
बेद पुराण गर्छन पनि गर्छन तपाईको महिमा बखान ।।
आमाको माया र ममतालाई कसले विर्साउन सक्छ र ।
आँखाभरि मायाको छाँया कसले देख्न सक्दैन र ।।
लेखक ः–मनिषा जयसवाल
श्री आमा माध्यमिक विद्यालय
(लु.साँ.न.पा–१२, आमा)