logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    रामवन सकोसको १६औँ साधारणसभा सम्पन्न


    २० असोज २०८० , शनिबार

    रामवन सकोसको १६औँ साधारणसभा सम्पन्न

    जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थीहरुलाई नगद सहित सम्मान
    लुम्बिनीखबर
    सिद्धार्थनगर, २० असोज । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० गते शनिवार १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
    कार्यक्रममा संस्थाका संस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम भण्डारीले यो सहकारीले ज्येष्ठ नागरिकहरूको सम्मान गर्दै इतिहासलाई सम्मान गरेको छ । संस्थाका संचालकहरू र स्थानीय जिम्मेवार रहेकोले संस्थाप्रति ढुक्करहन सदस्यहरुलाई सन्देश दिनुभएको थियो । साथै आगामी दिनमा सबै सहकारीहरुले वित्तीय विचलनको प्रभावबाट बाँच्नका लागि धेरै जनासँग थोरै–थोरै बचत संकलन गर्ने नीति लिनुपर्ने बताउनुभएको थियो । सहकारीमा लगानीका लागि थोरै थोरै रकम धेरै जनालाई लगानी गर्ने नीति लिनुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो । आगामी दिनमा सहकारी संस्थाहरुले बचत मात्र जम्मा नगरेर लामो समयसम्म बचत गरेका शेयर सदस्यहरुलाई योगदानको आधारमा निश्चित रकम फिर्ता गर्ने नीति पनि लिनुपर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो ।

    साधारण सभा कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष  भगवती बस्यालले  आर्थिक वर्ष २०८०।०८१ मा सालको असार मसान्तमा सहकारीमा आबद्ध रहेका करिब १५०० शेयर सदस्यको विवरण प्रस्तुत गुर्नु भएको थियो ।
    कार्यक्रममा संस्थाका कोषाध्यक्ष मधुसुधन खनालले करिब १९ करोड बराबरको अनुमानित आम्दानी तथा खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन लेखा संयोजक उमेश कुमार शाहीले प्रस्तुत गर्नुभएको थियो ।


    कार्यक्रममा सहकारीका उपाध्यक्ष खेमराज पाण्डेले कार्यक्रमलाई सम्वोधन गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
    साधारणसभा कार्यक्रममा संस्थामा आबद्ध शेयर सदस्य मध्ये ७० वर्ष पार गरेका जेष्ठ नागरिक सदस्य करिव २० जनालाई नगद सहित प्रमाणपत्र वितरण गरि सम्मन गरिएको थियो भने २०७८ सालदेखि २०८० सालसम्म ३ वर्षमा कक्षा १२ को परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने ६ जना विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्रबाट प्रदान गरि सम्मन गरिएको आयोजक स्रोतले जनाएका छन्।
    कार्यक्रममा अतिथि फोरस्टार बहुमुखी सहकारी संस्थाका अध्यक्ष रामलाल तिवारी, आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद लामिछाने कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाको उन्नति र प्रगतिका लागि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।


    कार्यक्रममा सहकारीका शेयर सदस्य, विभिन्न विद्यालयका उत्कृष्ट विद्यार्थी, सहकारीका कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने शिक्षा समितिका संयोजक अमर डि.सी ले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.