“फर्कौ नेपाली आफ्नै देश”
–लेखक ः मनिषा जयसवाल
फर्कौ फर्कौ नेपाली हामी आफनो देश ।
परदेश त्यागी स्वच्छ बनाऔँ आफनै देश ।।
विदेशमा पसिना बगाउनको अर्थ के हुन्छ र ।
हाम्रो जन्मभूमि जब रोइरहेको हुन्छ र……..।। २
हिमाल जस्तो स्वाभिमान उठेको ।
बुद्ध जस्तो विचार भएको हामी नेपाली ।।
स्वदेश फर्कि देश विकासमा लगौँ ।
सबैं एकताको बन्धन बाँधी……..।। २
तपाईको माटो आफनै पसिनाले उर्वर बनाउनु
प्रतिवद्धताका साथ आफनो पाइला चलाउनु ।।
पुर्खाहरुको योगदान सम्झी अघि बढ्नुछ ।
यिनैको प्रेरणाले देश रक्षा गुर्न छ ………।। २
देशमा गई अधिकारको कुरा कसरी गर्न सक्छौ होला ।
पिडा परेको बेला आफ्नो देश सम्झी दिनदिनै मर्छौ होला ।।
फर्कौ फर्कौ नेपाली हामी आफनो देश ।
परदेश त्यागी स्वच्छ बनाऔँ आफनो स्वदेश…….।। २
लेखक ः मनिषा जयसवाल
श्री आमा मा.वि आमा
(लु.सां.न.पा–१२, आमा)