कविता ः आमा
–लेखक ः कौशिल्या कोहाँर
नौ महिना सबै सुख त्यागी
जन्म दिनुहुुन्छ मलाई सबै दुःख भोगी
आमा तपाई हो जिउने आधार
तपाई भन्दा केही छैन मेरो मायाको संसार ।
आमा तपाई नै हो मेरो जागर शाहस
तपाई नभएको भए कसरी रच्थ्यो यो देश
आमा तपाई हो मेरो जिउने आधार
तपाई भन्दा केही छैन मेरो मायाको संसार ।
तपाई मलाई यति दुःख सहेर ज्ञानी बनायो
देशको सगरमाथा छुने झै अडाल बनायो
आमा तपाई हो मेरो जिउने आधार
तपाई भन्दा केही छैन मेरो मायाको संसार ।
तपाई नै हो मेरो शिक्षक, साथी
मलाई विद्या दिने माता सरस्वती
आमा तपाई हो मेरो जिउने आधार
तपाई भन्दा केही छैन मेरो मायाको संसार ।
लेखक ः कौशिल्या कोहाँर
श्री आमा मा.वि आमा
(लु.सां.न.पा.–१२, आमा)