अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, २५ फागुन । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा र मायादेवी प्रगतिशील आमा समूहको समन्वय ११४ओैं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी लैङ्गकि हिंसा न्यूनीकरण एवं महिला अधिकार सम्बन्धी अभिमुिखकरण कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको प्रमुख अतिथ्यतामा संचालन गरिएको थियो । मुसलमानले व्यानरवाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
नगरप्रमुख मुसलमानले हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण पहिलाको भन्दा पृथक देखिन्छ । समाजमा महिलाहरु माथि हुने लैङ्गिक हिंसा, शोषण, दमन, अन्याय शिक्षा र जनचेताको कमीको कारणले हुने बताएका थिए ।
शिक्षित परिवार तथा समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान किसिमको रहेको बताएका थिए । महिलाको हक र अधिकारका विश्व व्यापी रुपमा चलेका विभिन्न अन्दोल तथा क्रान्तिका निम्ति महिलाहरुले देखाएको शाहस र बलिदानीलाई स्मरणीय रहेको बताएका थिए ।
नगरप्रमुख मुसलमानका अनुसार– महिला र पुरुष समान हुन । अहिले हरेक क्षेत्र पूरुषको हक अधिकारको बराबर महिलाले पनि पाएको भन्दै ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका थिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय तथा कार्यक्रमका विशिष्ट अतिथि रामप्रसाद ज्ञवालीले नारी दिवसको अवसरमा समपूर्ण नारी जातिलाई शुभकामना दिदैं त्रान्तिकारी नारीहरुलाई सम्मान स्वारुप श्रद्धाशुमन अर्पण गरी कार्यक्रमलाई संवोधन गरेका थिए ।
ज्ञवालीका अनुसार–हाम्रो समाजमा विभिन्न किसिमका सामाजिक विकृतिकाका कारणले महिलाहरु पिडित देखिन्छन् । महिला र पुरुष भनेको एक सिक्काको दुई पाटा हुन् तर अशिक्षित समाजका कारण विकृति उत्पन्न भएको हो । यसलाई न्यूनिकरणमा सबैले आआफनो तहवाट पहल गरे मात्र सम्भव रहेको बताएका थिए ।
कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख तथा अतिथि विनिता शाहले महिला तथा वालवालिकाको हक अधिकारको वारेमा जानकारी गराउदैं कही कतै यस्ता किसिमको घटना देखिएको सम्वन्धित सरोकारवालालाई जानकारी गराउन आवश्यक रहेको हुन्छ । अनि मात्र यस्ता महिलाहरुमाथि हुने अपराध न्यूनिकरण हुनेकुरा अवगत गराएकाी थिइन् ।
कार्यक्रममा लेखा अधिकृत तथा कार्यक्रमका अतिथि रामचन्द्र अर्यालले महिला दिवस किन मनाइन्छ भन्ने विषयमा जानकारी गराएका थिए । महिलाको मौलिक हक अधिकार बारे समेत जनाएका थिए ।
कार्यक्रममा प्रशिक्षक हेमा न्यौपाने महिला दिवस ८ मार्चवाट अन्तर्राष्ट्रिय स्तरमा मनाउने थालनी भएको जानकारी गराउदैं महिला हकहितबारे जानकारी गराएकी थिइन् । नेपालमा महिला अधिकार, संवैधानिक अधिकार र कानुनी अधिकार वारे प्रशिक्षण गरेकी थिइन् । महिलाहरुको हक अधिकार हनन् भएको छ त्यसका कहाँ जानू भने बारे प्रशिक्षक न्यौपाने बताएकी थिइन् ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुली स्वागत मन्तव्य राखेकी थिइन भने ५२ जना महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा मायादेवी प्रगतिशील आमा समूह मन्जु पराजुली , कार्यपालिका सदस्य तथा वडाका सदस्यहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न हो ।