logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    ड्रिम युनिक रूपन्देही सुपरलिगः गोलपार्क ४ विकेटले विजयी


    ९ चैत्र २०८० , शुक्रबार

    ड्रिम युनिक रूपन्देही सुपरलिगः गोलपार्क ४ विकेटले विजयी

    प्रकाश न्यौपाने

    भैरहवा, ९ चैत्र । भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एक दिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘बी’ अन्तर्गतकोे खेलमा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ । गोलपार्कले सैनामैना क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित हात पारेको हो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सैनामैनाले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय ६ रन बनाए । उसका लागि मनिष क्षेत्रीले ५३ रन बनाउँदा सुजन क्षेत्रीले २९, गणेश गौतमले २४, प्रदीप सुवेदीले २३, गोपाल शर्माले अविजित २१, गणेश गौतमले १८ र आरिफ खाँनले १४ रन जोडे । बलिङमा गोलपार्कका आषिश लोहनीले ४, अमन घिमिरे र नवजीवन क्षेत्रीले समान २–२ तथा प्रदीप भण्डारीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको गोलपार्कले ४० ओभर १ बलमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा ७० बलको सामना गरेको ईश्वर क्षेत्रीले ९३ रन बनाए । यस्तै, संदीप बानियाँले २८, आषिश लोहनीले १६, अमन घिमिरेले १४ र युवराज सुवेदीले नटआउट १० रनको योगदान दिए । बलिङमा सैनामैनाका सुनिल पौडेलले २ तथा गणेश गौतम, प्रदीप सुवेदी र आरिफ खाँनले समान १–१ विकेट लिए । खेलमा गोलपार्कका ईश्वर क्षेत्री प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.