logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    आर्टिष्ट कलाकारले कोरे क्यानभासमा ऐतिहासिक देवदह


    ३० बैशाख २०८१ , आइतबार

    आर्टिष्ट कलाकारले कोरे क्यानभासमा ऐतिहासिक देवदह

    देवदह, ३० वैशाख । रूपन्देहीको देवदह–९ घोडाहा स्थित खयर डाडाँमा २५६८ औं विद्ध जयन्तीको अवसरमा ड्रिम देवदहको आयोजनामा आयोजित २ दिने कार्यक्रममा आर्टिष्ट कलाकारहरुले कोरे क्यानभासमा ऐतिहासिक देवदह । आर्टिष्ट कलाकारहरुले देवदहको इतिहास झल्किने बुद्धको जीवनीमा आधारित आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।
    कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्क बस्नेतले २४ जना कलाकारले क्यानभासमा कोरेको चित्र अवलोकन गर्दै बौद्धसम्बन्धी कला, पुरातात्विक महत्वका कुराहरुलाई चित्रमा देख्न पाउँदा गर्वकोसाथ यो चित्र आफैमा अन्तर्राष्ट्रिय भाषा हो यो जुनै देशका नागरिकले पनि बुझ्न सक्छन् । ‘‘बौद्धसम्बन्धी कला, संस्कृति, पहिचानलाई कला मार्फत हामीले विश्वसामु चिनाउनु पर्छ । हजार शब्दले वर्णन गर्न नसक्ने एउटा चित्रले बोल्छ । यो कलाकारको कलालाई रोजगारसँग जेडेनौं भने यो कला आफैमा लोप हुन सक्छ’’ मन्त्री बस्नेतले भन्नु भयो ।

    विभिन्न संघसंस्थाहरुको साथ र सहयोगले कार्यक्रम गर्न सफल भएका छौं । देवदहमा बौद्ध ग्रन्थमा उल्लेख र बुद्धसंग जोडिको शब्दहरुलाई चित्रमा उतार्न रूपन्देही जिल्ला भित्र रहेका कलाकारहरुललाई समयोजन गरेर यो कार्यक्रम आयोजना गरेको र सोंचे अनुसार चित्रहरु तयार भएको आगामी दिनहरुमा यसलाई थप प्रभावकारी ढङ्गले देवदहको चिनारी दिन सक्ने पर्यटक घुम्न आउने वातावरण यस स्थल लाई व्यवस्थापन गरी अगाडी बढाउ“ने ड्रिम देवदहका सचिव दिपेश बस्यालले बताउनु भयो ।

    देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले खयरडाँडा जस्ता पुरातात्विक स्थलमा गरिएको चित्रकला बनाउनु र यसको संरक्षण र सम्वद्र्धन उचित तरिकाले होस् । यदि यो चित्रकलाहरु प्रदर्शनी गर्नलाई राख्ने ठाउ“ भएन भने देवदह नगरपालिकाको केशेली भवनमा राख्ने जानकारी गराउनुको साथै लुम्बिनी, देवदह र रामग्रामलाई जोडेर पर्यटकहरुलाई प्याकेजको कार्यक्रम गरेर लुम्बिनीसँगै देवदहको विकास गर्न चाहने जनाउनु भयो ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ गोबिन्द चौधरीले ड्रिम देवदह एउटा सपना बोकेर आएको संस्था हो । सोंचेको काम पुरा गर्छ र जनता समक्ष पु¥याउँदछ । खयर डा“डालाई उजागर गर्नलाई क्यनभासमा कलाकारिता देखाउन पाउ“दा ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराई लगायत सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिनु भयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान एकेडेमीले क्यानभास र चित्र बनाउने रंग सहयोग गरी ड्रिम देवदहसंग सहकार्य गरी क्यानभासमा ऐतिहासिक पेन्टिङ्ग कार्यक्रम गर्न पाउ“दा ड्रिम देवदह लगायत सम्पूण्र्न कलाकारहरु लाई धन्यवाद दिँदै अगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग गर्ने मुर्तिकार प्राज्ञ यम बहादुर थापाले बताउनु भयो ।

    ड्रिम देवदहका अध्यक्ष सिद्धिचरण भट्टराईको अध्यक्षता, खयर डा“डा संरक्षण समितिका सल्लाहकार पिताम्बर खरेलको स्वागत मनतव्य र पवन पौडेलको सञ्चालनमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्क बस्नेत, विशिष्ठ अतिथि लुम्बिनी सभा सदस्य माननीय जानकी न्यौपाने, देवखह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, अतिथिमा लुम्बिनी विकास कोष देवदहका शाखा प्रमुख दामोदर सापकोटा, देवदह नगरपालिकाका पूर्व मेयर हिरा बहादुर खत्री, देवदह नगरपालिका वडा नं. ९ का अध्यक्ष मोहन बहादुर जि.सी. नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तिकार प्राज्ञ यम बहादुर थापा, प्राज्ञ गोबिन्द चौधरी, सहयोगी संस्था नेपाल व्यवसायीक कलाकार संघका अध्यक्ष दिलिप रसाइली, नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति, रूपन्देहीका अध्यक्ष दिनेशमणि कोहार लगायत जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका अग्रजहरुको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.