logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ओमसतियामा “उपाध्यक्ष कप” का साथै ४ नं. वडामा “वडाकप” क्रिकेट प्रतियोगिता सुरु


    ४ जेष्ठ २०८१ , शुक्रबार

    ओमसतियामा “उपाध्यक्ष कप” का साथै ४ नं. वडामा “वडाकप” क्रिकेट प्रतियोगिता सुरु

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, ४ जेठ । रोहिणी गाउँपालिकामा “उपाध्यक्षकप” महिला भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
    ओमसतिया गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सुनिता चौधरीको अध्यक्षतामा महिला भलिबल प्रतियोगिता उद्घाटन शुभारम्भ भएको सूचना शाखाले जनाएको छ ।
    गाउँपालिका अन्तर्गतका महिलाहरु खेलमा अग्रसर नदेखिएको कारणले “स्वस्थको लागि खेल राष्ट्रको लागि खेल” भन्ने नारालाई आत्मसात गर्दै महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको चौधरीको भनाई रहेको थियो ।


    यस प्रतियोगितामा महिलाहरुको सात टिम सहभागी रहेको र यो प्रतियोगिता जेठ ६ गतेसम्म चल्ने प्रथम पुरस्कार नगद धनराशि पचास हजार र द्वितीय पुरस्कार तीस हजार नगद धनराशि सफल टिमले प्राप्त गर्ने आयोजकले जनाएको छ ।
    गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, प्रबक्ता मदन पोख्रेल, वडाध्यक्ष अखिलेश्वर पाण्डेय, शिवकुमार धवल, सितल जि.टी, बेलबराल तथा कार्यपालिका सदस्यहरुको उपस्थितिमा उद्घाटन कार्य शुभारम्भ भएको थियो ।


    ओमसतिया गाउँपालिका वडा नं. ४ मा “वडाकप” क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । वडा नं.४ को खेलकुदको विकास विस्तार गर्ने हेतुले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष अखिलेश्वर पाण्डेले जानकारी दिनुभयो ।
    शिक्षा, स्वास्थ्य जस्तै खेलकुद पनि मानिसको जीवनका लागि महत्वपूर्ण रहेको हुन्छ । यस क्रिकेट प्रतियोगितामा दस वटा समुह दर्ता रहेको खेलकुद व्यवस्थापकले जनाएका छन् ।


    समापन कार्यक्रममा प्रथम पुरस्कार १० हजार हजार, द्वितीय पुरस्कार ७ हजार नगद धनराशि प्रदान गर्ने र बैट, बाल लगायतका क्रिकेट संग सम्बन्धित सामग्री समेत समापन कार्यक्रममा सबै टिमका अगुवालाई वितरण गर्ने वडा नं. ४ का सचिव संजय यादवले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.