logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    वातावरणीय सेवा भुक्तानी सम्बन्धी ऐन बनाउन माग


    २८ जेष्ठ २०८१ , सोमबार

    वातावरणीय सेवा भुक्तानी सम्बन्धी ऐन बनाउन माग

    देउखुरी (दाङ)। सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले वातावरणीय सेवा भुक्तानी सम्बन्धी ऐन बनाउन माग गर्दै त्यसको मस्यौदा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलाई बुझाएको छ ।
    समितिका अध्यक्ष  दल बहादुर गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद पाण्डेय, उपाध्यक्ष शेरबहादुर थापा कोषाध्यक्ष विनोद बस्याल र सदस्यहरूको उपस्थितमा आज सभामुख घर्ती मगरलाई मस्यौदा बुझाएको हो ।
     मस्यौदा बुझ्दै सभामुख तुलाराम घर्ती मगरले वातावरणीय सेवा भुक्तानी सम्बन्धी कानुन बनाउन आफूले पहल गर्ने बताउनु भयो । स्थानीयको सक्रियताबाटै सामुदायिक बन तथा वातावरणका साथै जलाधार क्षेत्रको ससंरक्षण भएको बताउनुहुँदै उहाँले त्यसको लाभ जनताले नै लिन पाउनु पर्छ भन्ने कुरा न्यायोचित रहेको उहाँको भनाई छ ।  
    मस्यौदामा तिनाउ नदी क्षेत्रलाई आधार मानी तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रका बासिन्दाहरू लाभान्वित हुने गरी काम गर्न कानुन बनाउन आवश्यक रहेको समन्वय समितिको दावी छ । तिनाउ नदीको जलाधार क्षेत्रको संरक्षण र विकासको लागि मस्यौदामा परिषदको परिकल्पना गरिएको छ । बन तथा वातावरण मन्त्री अध्यक्ष रहने गरी परिषद गठन गर्न समेत बन समन्वय समितिले ध्यानाकर्षण गराएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.