बिशन गुरुङ्ग
भैरहवा, १० असार । द आर्ट अफ लिभिङ्ग, रूपन्देहीद्वारा दशौं अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा योग कार्यक्रम भैरहवाको सिद्धार्थ भिलासामा सम्पन्न भएको छ । यस अवसरमा विभिन्न योग अभ्यास तथा योगसम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य उद्देश्य शारीरिक र मानसिक स्वास्थ्यको प्रवद्र्धधन गर्नुका साथै योगप्रति जनचेतना फैलाउनु हो ।

कार्यक्रममा योगको महत्वबारे जानकारी दिनुका साथै योग अभ्यासका विभिन्न तरिकाहरू प्रदर्शन गरिएको थियो । सहभागिहरूलाई योगका विभिन्न आसन, प्राणायाम, र ध्यानका विधिहरू सिकाइएको थियो । विगतमा भन्दा अहिलेको जनसहभागीताले योग प्रतिको चासो र महत्व धेरैले बुझेका छन् । योगले शारीरिक, मानसिक स्वास्थ्य र आध्यात्मीक स्वास्थ्य पनि योगले यी सम्पूर्ण पक्षहरुलाई जोडेको हुन्छ । त्यसैले योगको महत्व धेरै हुन्छ । द आर्ट अफ लिभिङ्ग नेपालद्वारा आयोजना भएको भैरहवा लगायत देशका विभिन्न स्थानहरुमा योग दिवस मनाइएको छ । अगामी दिनहरुमा यो भन्दा बढी योग गर्नेहरुको सहभागीता हुने योग प्रशिक्षक माया थापाले भन्नु भयो ।

यस प्रकारका कार्यक्रमहरूले योगको महत्व र प्रभावकारिताबारे जनचेतना बढाउने तथा समाजमा स्वस्थ जीवनशैलीको विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वाससहित आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै सम्पूर्ण संघ संस्थाहरुलाई द आर्ट अफ लिभिङ्गका सल्लाहकार तथा योग कार्यक्रमका संयोजक दिपेन्द्र प्रधानले बताउनु भयो ।

कार्यक्रममा विभिन्न संघ–संस्था, स्थानीयहरू, योग प्रशिक्षकहरू, विद्यार्थीहरू, तथा विभिन्न योग संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।