राकेश कोहाँर । लुम्बिनीखबर
सिद्धार्थनगर, ३१ साउन । नेपाल–भारत मैत्री संघद्वारा भारतको ७८औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
मित्र राष्ट्र भारतको ७८औं स्वतन्त्रा दिवसमा “नेपाल भारत मैत्री अमर रहोस” भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो ।
कार्यक्रम सियारी गाउँपालिकाका अध्यक्षका, नेपाल–भारत मैत्री संघका केन्द्रीय सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि थानेश्वर घिमिरेले व्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल–भारत मैत्री संघ रुपन्देही शाखाका अध्यक्ष श्री चन्द गुप्ताले कार्यक्रमलाई संबोधन गर्दै मित्र राष्ट्र भारतको स्वतन्त्रताका लागि शहिद हुनुभएका सम्पूर्ण व्यक्तित्वहरु तथा विर शहिद माथि हार्दिक सम्मान व्यक्त गर्नुभएको थियो । सदियौँ पुरानो नेपाल र भारतका नागरिक सम्बन्ध र विश्वासका साथै भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छन् । भारत र नेपालको संस्कृति, भाषा र धर्मको अन्य मुलुकको तुलनामा विशेष सम्बन्ध रहेको बताउदै अगामी दिनमा पनि यस्तै नै रहने भन्दै सम्पूर्णमा स्वतन्त्रता दिवको शुभकामना दिनुभयो ।
नेपाल भारत मैत्री संघ रुपन्देही बेलहिया उपशाखाका अध्यक्ष पशुपति कान्दुले कार्यक्रममा बोल्दै नेपाल र भारतबीचको परापूर्वकालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउनुपर्ने बताउनुभयो । साथै दुबै देशका जनताबीच सुसम्बन्ध स्थापना गर्दे सामाजिक आर्थिक विकाशका विविध क्षेत्रमा परम्पर सहयोग र सद्भावलाई मूर्त रुप दिने, दिलाउने कार्यमा गर्नुपर्ने भन्दै सम्पूर्णमा शुभकामना दिनुभयो ।
त्यसै गरी कार्यक्रममा नेपाल भारत मैत्री संघ रुपन्देहीका कोषाध्यक्ष पदका लागि नलिन शर्मा र सल्लाहकार पदका लागि चन्द्र प्रकाश श्रेष्ठ भएको घोषणा समेत गरिएको थियो ।
कार्यक्रममा वासुदेव रिमाल, अरुण कुमार पाण्डे, मुरालीलाल अग्रवाल, दुर्गानारायण डुम्रे, दिपक पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा एकवाल खान, दिपक पौडेल, ज्ञानदेव हटुवाल, दुर्गा बहादुर क्षेत्री, दर्पण श्रेष्ठ, विष्णु शर्मा, मधु पन्थी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।