राकेश कोहाँर । लुम्बिनीखबर
सिद्धार्थनगर, १६ भाद्र । नेपाल बन पैदावार उद्योग व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिसर भित्र बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल बन पैदावार उद्योग संघका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष पूर्ण प्रसाद सापकोटाले संघको बार्षिक कार्ययोजना अन्तर्गत रहेर आफूहरु हरेक वर्ष कार्यक्रमहरु गर्दै आएको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवनको परिसर भित्रको आवश्यकता र संरक्षणलाई विशेषलाई ध्यानमा राखि बृक्षरोपण गरेको बताए ।
सापकोटाले भने – विरुवा काटेर मात्र हुदैन, रोप्नु र संरक्षण पनि गर्न जरुरी छ । त्यसैले सबैले आआफनो ठाउँबाट वक्षरोपणमा सहकार्य गर्न जरुरी छ ।
कार्यक्रममा संघका अध्यक्ष छविलाल अधिकारीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित परिसर भित्र बृक्षरोपणका लागि सहकार्य गरेकोमा धन्यावाद दिदै अगामी दिनमा पनि हुने विश्वास रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जीत सिंह राठौरले विगतदेखि नेपाल बन पैदावार उद्योग व्यवसायी संघसंग प्रहरी कार्यालयले सहकार्य गर्दै आएको र वातावरणी सन्तुलनका लागि महत्वपूर्ण पाटो समेत रहेको बताए ।
कार्यक्रममा नेपाल बन पैदावार उद्योग व्यवसायी संघका पदाधिकारी, प्रहरी नायब उपरीक्षक मनोहर भट्ट, वडा अध्यक्ष करम हुसेन खान, प्रहरी जवान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।