झब्बर यादव ।लुम्बिनीखबर
सिद्धार्थनगर, ५ असोज। अमर ज्योति बोर्डिङ स्कुलले विश्व शान्ति दिवसको अवसरमा शान्ति र्याली निकालेको छ। आमर ज्योति स्कुलका अभिभावक तथा विद्यार्थीहरूलाई शान्ति सन्देश तथा आपसी सद्भाव फैलाउने उद्देश्यले अमरज्योति बाल क्लबले २१ सेप्टेम्बर विश्व शान्ति दिवसका अवसरमा विद्यालयमा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरी शान्ति र्याली निकालेको छ।

समाजमा शान्त वातावरण सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम भाद्र ३० गते विद्यालय प्राङ्गणमा उद्घाटन गरियको थियो। २१ सेप्टेम्बर ” विश्व शान्ति दिवस” का अवसरमा निकालिएको शान्ति रेली बुद्धचोकबाट सुरु भई मिलनचोक देवकोटा चोक हुँदै बेलैयासम्म पुग्ने शान्ति र्यालीका आयोजनक प्राचार्य सिस्टर इलिसि जोनले जानकारी दिनुभयो।
अमर ज्योति स्कुलले शान्ति र सद्भाव सृजनाका लागि यस्ता कार्यक्रममा समयसमयमा हुने आयोजकले जनाउनुभयो ।