logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा एमालेको तीनमहिने अभियानः सदस्यता वृद्धि, प्रशिक्षण र नयाँ प्रवेश कार्यक्रम घोषणा


    १६ मंसिर २०८१ , आइतबार

    सिद्धार्थनगरमा एमालेको तीनमहिने अभियानः सदस्यता वृद्धि, प्रशिक्षण र नयाँ प्रवेश कार्यक्रम घोषणा

    भैरहवा, मङ्सिर १६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको प्रथम पूर्ण बैठकले आगामी तीन महिनाभित्र पार्टी सुदृढीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार भैरहवामा सम्पन्न बैठकले पार्टी सदस्य वृद्धि, प्रशिक्षण, पार्टी छोडेकालाई पुनः फर्काउने, र पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नगर अध्यक्ष चक्र बहादुर थापाले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

    बैठकले सिद्धार्थनगर नगरपालिकाका १३ वटै वडामा टोल कमिटीहरु गठन गर्ने निर्णय गरेको छ । यसका साथै, १४ सदस्यीय नगर सचिवालय निर्माण गरिएको छ । सचिवालयमा अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्ष माया कंडेल, सचिव उमेश थापा लाटोमगर, उपसचिव सरोज ठकुरी र इन्दिरा देवी क्षेत्री रहेका छन् । सदस्यहरुमा चेत बहादुर क्षेत्री, मोहम्मद अकिल मुसलमान, निशा भट्टराई, विष्णु भट्टराई, लक्ष्मी खनाल, भोला कोइरी, केदारमान राजभण्डारी, सतिश मर्सानी, र प्रभा पौडेल समावेश छन् ।

    बैठकले पार्टी निकट तीनवटा भातृ संगठनका इञ्चार्ज पनि तोकेको छ । राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरको इञ्चार्जमा दीपक न्यौपाने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा सागर न्यौपाने, र अखिल नेपाल महिला संघ (अनेमसंघ) मा लता पोखरेललाई जिम्मेवारी दिइएको छ ।

    बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज खिमलाल भट्टराईले एमाले नेतृत्वको सरकार विकास निर्माणमा प्रतिबद्ध रहेको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएपछि देशभित्र र बाहिर सकारात्मक उत्साह थपिएको उल्लेख गरे ।

    बैठकमा उपस्थित नेताहरुले मिसन–८४ का लक्ष्यहरुलाई ध्यानमा राखी पार्टीलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य हरि प्रसाद अधिकारी, रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, र जिल्ला सचिवालय सदस्य उमा अधिकारीलगायतका नेताहरुले धारणा राखे ।

    बैठक नगर अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष माया कंडेलको स्वागत, र सचिव उमेश थापा लाटोमगरको सञ्चालनमा सम्पन्न भएको थियो । बैठकले पार्टीको दोस्रो नगर अधिवेशन सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.