logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सशस्त्र प्रहरी  रुपन्देहीद्वारा पजरकट्टी मा.वि.मा जनचेतना कार्यक्रम


    १६ पौस २०८१ , मंगलबार

    सशस्त्र प्रहरी  रुपन्देहीद्वारा पजरकट्टी मा.वि.मा जनचेतना कार्यक्रम

    पशुपति यादव। लुम्बिनीखबर 

    रोहिणी, १६ पुस। रूपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत रहेको श्री  पजरकट्टी माध्यमिक विद्यालयको पर्खाल एक कार्यक्रमको आयोजना गरी जनचेतना सँगै विद्यालयको मर्म, रङरोगन तथा भित्तेलेखनको कार्य सम्पन्न भएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हे क्वा रुपन्देहीद्वारा आयोजित सीमावर्ती ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत रहेर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । 

    रोहिणी गाउँपालिकामा पजरकट्टी  माध्यमिक विद्यालयको पेरिमिटरमा पर्खाल मर्मत, सम्मभार पूर्ण रूपमा तयार भएको छ।

    सीमावर्ती क्षेत्रका स्थानीयहरूको सहयोग र सहकार्य आवश्यक रहेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका प्रमुख जिल्लाधिकारी तथा प्रमुख अतिथि बासुदेव घिमिरेले बताए।

    सीमावर्ती क्षेत्रमा बसोबास गरेका स्थानीयहरुलाई सीमाको भूमिपुत्र सिमानाको पहरेदारको भूमिका खेल्नुभएको आफ्नो बुझाइ रहेको  घिमिरेले बताए।

    विद्यालयको पर्खालको रङरोगन, भित्तेलेखनले विद्यार्थीहरूको मन र मस्तिष्कमा एउटा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहेको बताए।

    गुणस्तरीय शैक्षिक उपलब्धिमा जोड दिनको लागि विद्यालय प्रशासनलाई  घिमिरेले आग्रह समेत गरे।

    जनताको दैनिक सरोकार राख्ने विभिन्न विषयहरूमा सशस्त्र प्रहरी बल नेपालको संगलताले अझै सुमधुर सम्बन्ध स्थापित भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ रुपन्देहीका गणपति तथा विशिष्ट अतिथि आनन्द थापा बताए ।

    सीमावर्ती क्षेत्रसँग जोडिएका ग्रामीण बस्तीहरूमा कहीँ निःशुल्क स्वास्थ्य शिविर जस्तै आँखा जाँच, स्त्री रोग सेवा तथा परामर्श रोगको परीक्षण चेक जाँच, औषधि वितरणले गर्दै आएको थापाको भनाई छ। सिमावती क्षेत्रमा पर्ने बेलहियामा आवतजावत गर्ने सर्वसाधारण स्थानीय बासिन्दा सेवाग्रहीलाई मध्यनजर गर्दै सिद्धार्थनगर नगरपालिकाको वडा -१   शुद्ध खानेपानीको ट्याङ्की धारासमेतको व्यवस्थापन गरेको बताए।

     विद्यालयको रङरोगनको महत्व धेरै छ। जुन कि विद्यार्थीहरूको शैक्षिक र मानसिक विकास सङ्ग सम्बन्धित समेत रहेको  थापाले बताए।

    कार्यक्रम  पजरकट्टी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद पाण्डेको अध्यक्षता, रुपन्देही जिल्लाका प्रमुख प्रहरी उपरीक्षक रन्जित राठौर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हरिश बिष्ट , बीओपी सशस्त्र प्रहरी बलका निरीक्षक उज्ज्वल खतिवडा, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादव, वडा नम्बर ७ का वडाध्यक्ष अन्नान अहमद भाट आथित्यतामा रहेको थियो । 

    सशस्त्र प्रहरी बल नम्बर २७ गणका सहायक निरीक्षक नरबहादुरको सञ्चालन गरिएको थियो भने स्थानीयबासी, समाजसेवी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.