logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रूपन्देही सुपरलिगः एमसीसीको रवाफिलो जित


    ७ माघ २०८१ , सोमबार

    रूपन्देही सुपरलिगः एमसीसीको रवाफिलो जित

    लुम्बिनीखबर
    भैरहवा, ७ माघ । भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी)ले सानदार जित हात पारेको छ । मेलवर्नले जेआर क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै सानदार जित निकालेको हो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जेआरले मौसमका कारण ३२ ओभरमा छोट्याइएको खेलमा ३१ ओभर ५ बलमा सबै विकेट गुमाउँदै जम्मा ६२ रन बनायो । उसका लागि विनय जिसीले १८ र कुशल भूर्तेलले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा मेलवर्नका विपिन आचार्यले ४ तथा रमेश कुर्मी, इकलाख अहम्मद वारिस र सन्दीप रजालीले समान २–२ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको मेलवर्नले ११ ओभर २ बलमा विना क्षति ६३ रन बनाउँदै रवाफिलो जित निकाल्यो । उसको जितमा अमन खनालले अविजित २७ र आदित्य यादवले नटआउट २१ रनको योगदान गरे । खेलमा विपिन आचार्य म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.