logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    वैदेशिक रोजगारबाट फर्केर कृषिबाट लाखौं आम्दानी गर्दै


    १५ माघ २०८१ , मंगलबार

    वैदेशिक रोजगारबाट फर्केर कृषिबाट लाखौं आम्दानी गर्दै

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, माघ । रुपन्देही जिल्लाको पूर्वी क्षेत्रको ओमसतिया गाउँपालिका वडा नं.– ५ तरकारी उत्पादनका हिसाबले निकै परिचित वडा हो ।
    यस वडामा उत्पादन भएको हरियो तरकारी रूपन्देहीको भैरहवा, बुटवल, खैरानी लगायत स्थानीय बजारसम्म पुग्ने गरेको छ ।
    यहाँका किसानहरूले अन्य तरकारीसँगै टमाटर खेतीबाट राम्रो आम्दानी लिने गरेका छन् ।
    त्यसमध्येका कृषक हुन् ओमसतिया गाउँपालिका वडा नं.– ५, दीपनगर निवासी ५८ वर्षीय फरहारि पासी । उनले टमाटर खेतीबाट मौषम अनुसार लाखौं भन्दा बढी आम्दानी गरिरहेका छन् । सामान्य लेखपढ गर्न जान्ने पासीले अन्य तरकारीको साथसाथै टमाटर खेतीबाट राम्रो आम्दानी गरेर परिवारको गुजारा चलाउने सक्ने भएकोले विदेश जान छाडेको बताउँछन् ।
    सुरुमा थोरै मात्रामा अन्य तरकारी सहित टमाटर लगाउने गरेका थिए उनले भने चार वर्ष जति विदेशमा बिताएपछि कृषि काममा लागेको छु । पासीले अहिले ३ कट्ठामा उन्नत जातको टमाटर रोपेरका छन् । उन्नत जातका टमाटरबाट आफूले घर गृहस्ती चलाइरहेको उनको भनाइ छ ।
    कार्तिकमा रोपेको टमाटर पुष अन्तिम तिर बिक्री गर्न मिल्ने उनले बताए । ६ महिनामा लाखौंभन्दा बढीको टमाटर आरामले बेच्ने गरेको लुम्बिनीखबरसँग भने । माटो र मौसमको पहिचान गरी बेमौसमी टमाटर खेती गरी उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने पासीको दावी छ । मौसमी खेती गर्दा उत्पादनको बढोत्तरी भएपनि आम्दानी खासै नहुने आफ्नो अनुभव सुनाएका थिए । टमाटर खेतीको समय अवधि समाप्त भएपछि धानको खेती गर्ने गरेको उनले बताए ।


    कहिले व्यापारी खेतमै आउँछन् कहिले बजारसम्म लैजाने पर्छ । अन्य तरकारीको साथै टमाटर खेतीबाट परिवारहरूको गुजारा चलिरहेको उनले बताए । खेती गरेर आम्दानी हुँदैन भन्ने धारणा आम जनसमुदायमा व्याप्त भएका कारण नयाँ पुस्ताले खेती किसानीमा आउँन नचाहेको उनको बुझाइ छ ।
    प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने टमाटर मात्र नभई मौसम अनुसार जुनसुकै तरकारी उत्पादनबाट आम्दानी लिन सक्ने उहाँले दाबी गरे । वैदेशिक रोजगारीको क्रममा साउदी बसेर आएका ओमसतिया– ५ निवासी अर्जुन कहाँरले तरकारी खेतीबाट ३ देखि ४ लाख सम्म आफ्नो घरपरिवारसँगै बसेर नै वार्षिक आम्दानी गरेको बताए ।
    त्यसै गरि बसिर अन्सारीका अनुसार विदेशबाट फर्केर तरकारी खेतीबाट राम्रो आम्दानी गरेको छु । उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा किसानहरु मारमा परेको अन्सारीको भनाइ छ । राख्ने ठाउँ नभएकै कारण व्यापारीको मुल्यमा विक्रि गर्नुपर्ने बाध्यता रहेको बताए । आज बजार भाउ नभए राखेर भोलि बेच्छु भन्ने अवस्था छैन तरकारी बिग्रिहाल्छ अन्सारिले भने । यस विषयमा संबन्धित सरोकारवालाहरुले पहल गर्नु पर्ने जोडदार माग समेत रहेको कृषकहरुले गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.