logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अन्तर्राष्ट्रिय नारी दिवसमा १३ स्थानमा नबिल बैंकको वाकथन कार्यक्रम 


    २४ फाल्गुन २०८१ , शनिबार

    अन्तर्राष्ट्रिय नारी दिवसमा १३ स्थानमा नबिल बैंकको वाकथन कार्यक्रम 

    लुम्बिनीखबर 

    सिद्धार्थनगर , फागुन । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले रुपन्देहीको बुटवल शाखामा पदयात्रा गरेको छ ।

     ‘कार्यलाई गति दिनु’ नारालाई आत्मसाथ गर्दै नबिल बैंकले शनिवार गोलपार्कस्थित बुटवल शाखाबाट पदयात्रा सुरु गरेको हो। 

    पदयात्रा पुलचोक, हाटबजार लाइन, अमरपथ, ट्राफिक चोक हुँदै पुनः गोलपार्कमा पुगेर समापन भएको बुटवल शाखा प्रबन्धक राजदिप उप्रेतीले बताउनुभयो।

    पदयात्रामा बैंकको लुम्बिनी सेन्ट्रल कलस्टर अन्तर्गतका १ सय भन्दा बढी बैंकका कर्मचारीको उपस्थिति रहेको बुटवल शाखामा कार्यरत कर्मचारी हिमाल बस्नेतले बताउनुभयो । अन्तर्राष्ट्रिय नारी दिवस देशभर १३ स्थानमा नबिल बैंकले वाकथन कार्यक्रम गरेको हो। 

    बैंकको लुम्बिनी सेन्ट्रल कलस्टर प्रमुख अमित के.सी.को संयोजकत्वमा भएको ‘वाकथन’ मा भैरहवा शाखा प्रबन्धक गंगाराम न्यौपाने, प्रहरी सुरक्षाकर्मी लगायतको सहभागीता सम्पन्न भएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.