logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मसिनामा ८औं इण्डो–नेपाल भलिबल प्रतियोगिता सुरु


    ३ चैत्र २०८१ , आइतबार

    मसिनामा ८औं इण्डो–नेपाल भलिबल प्रतियोगिता सुरु

    अन्जना चौहान


    लुम्बिनी, चैत ३ । मसिना युवा क्लबको आयोजनामा तथा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११, विचौवापुर मसिना कार्यालय र विभिन्न सहयोगी संस्थाहरूको समन्वयमा ८औं इण्डो–नेपाल भलिबल टुर्नामेन्ट सुरु गरिएको छ।

    खेल कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ स्थित मसिना खेलमैदानमा सुरु भएको हो। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष अकरामुद्दीनले गर्नुभयो भने उद्घाटन प्रमुख अतिथि नगर प्रमुख सजरूद्दीन मुसलमानले गर्नुभएको हो।

    कार्यक्रममा विशिष्ट अतिथि मोगलहा माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम गुप्ता, साथै अतिथिहरूमा लुम्बिनी नव युवा क्लब अध्यक्ष अहमद हुसेन खान, समाजसेवी जुबेर अहमद खान, वडा सदस्य शिव प्रकाश यादव, मसिना स्वास्थ्य चौकी इन्चार्ज बुद्धनाथ बरई, पूर्व अभिभावक संघ अध्यक्ष अम्बिका बरई, विभिन्न संघ–संस्था प्रतिनिधिहरू र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

    उद्घाटन समारोहमा नगरप्रमुख सजरूद्दीन मुसलमानले भन्नुभयो, “खेलाडीहरू सम्मानका पात्र हुन्। स्थानीय तहमा भलिबल जस्ता खेलको प्रवद्र्धनले भविष्यमा देश चिनाउने खेलाडी उत्पादन गर्न मद्दत गर्दछ। यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको विकास गर्नुका साथै स्वास्थ्यसम्बन्धी सचेतना पनि बढाउँछ।” उहाँले आगामी दिनमा नगरस्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको पनि बताउनुभयो।

    प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ। विजेता टिमलाई रु. ४०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। दोस्रो स्थान प्राप्त गर्ने टिमले रु. २०,०००, तेस्रोले रु. १०,०००, र सान्त्वना पुरस्कारस्वरूप रु. ५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ। प्रतियोगिता सम्बन्धी जानकारी मसिना युवा क्लबका अध्यक्ष राकेश कुमार पासीले दिनुभएको हो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.