logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    माछापुच्छ्रे फुटबल प्रतियोगिताः न्यू श्रृजना एफ.सी.को उत्कृष्ट प्रदर्शन, पक्लिहवा कृषि क्याम्पसलाई ११–२ गोलले पराजित


    १८ चैत्र २०८१ , सोमबार

    माछापुच्छ्रे फुटबल प्रतियोगिताः न्यू श्रृजना एफ.सी.को उत्कृष्ट प्रदर्शन, पक्लिहवा कृषि क्याम्पसलाई ११–२ गोलले पराजित

    बिशन गुरुङ्ग


    भैरहवा, चैत्र १८ । श्री माछापुच्छ्रे क्लबको आयोजनामा पक्लिहवा कृषि क्याम्पसको मैदानमा सम्पन्न आजको दोस्रो खेलमा न्यू श्रृजना एफ.सी., करौजीया र पक्लिहवा कृषि क्याम्पस, भैरहवाबीच भएको रोमाञ्चक प्रतिस्पर्धामा न्यू श्रृजना एफ.सी.ले ११–२ को फराकिलो जित दर्ता गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।

    खेलको ११औं मिनेटमै न्यू श्रृजना एफ.सी.का जर्सी नं. ७ का अंकित राजकोटी मगरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले नै २२ र ३१ मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि न्यू श्रृजना एफ.सी.का जर्सी नं. ४ का निखिल थापाले ३२ मिनेटमा गोल गरे भने जर्सी नं. १० का निखिल बि.क.ले ३५ मिनेटमा गोल गर्दै पहिलो हाफमा न्यू श्रृजना एफ.सी.को स्कोर ५–० बनाएका थिए।

    दोस्रो हाफको आठौं मिनेटमा पक्लिहवा कृषि क्याम्पसका जर्सी नं. २९ का आशिष सिंहले टिमका लागि पहिलो गोल गरे। तर, न्यू श्रृजना एफ.सी.ले आफ्नो आक्रमक खेललाई निरन्तरता दिँदै अंकित राजकोटी मगरमार्फत १२ र १७ मिनेटमा थप दुई गोल गर्यो, जसले उनको व्यक्तिगत गोल संख्या पाँच पु¥यायो।

    खेलको १९औं मिनेटमा न्यू श्रृजना एफ.सी.का जर्सी नं. ४ का हिमाल थापाले गोल थपे। पक्लिहवा कृषि क्याम्पसका जर्सी नं. १३ ऋषीकेश सापकोटाले २४औं मिनेटमा गोल गर्दै टिमका लागि दोस्रो गोल गरे। न्यू श्रृजना एफ.सी.का जर्सी नं. १० निखिल बि.क.ले २४ मिनेटमा गोल थपे भने जर्सी नं. १८ का निक्की थापाले २६ मिनेटमा गोल गर्दै न्यू श्रृजना एफ.सी.लाई ११–२ को शानदार जित दिलाए।

    उक्त खेलमा न्यू श्रृजना एफ.सी.का अंकित राजकोटी मगर ‘म्यान अफ द म्याच’ घोषित भए र नगद पुरस्कार प्रदान गरियो। प्रतियोगिताका आयोजक क्लब अध्यक्ष युवराज थापाका अनुसार, भोली दिउँसो ३ बजे तेस्रो खेल सम्पन्न हुनेछ, जसमा योङ्ग ब्वाइज एफ.सी., देवदह र आयोजक टिम माछापुच्छ्रे एफ.सी., पक्लिहवाबीच प्रतिस्पर्धा हुनेछ।

    प्रतियोगितामा १२ वटा क्लब सहभागी रहेका छन्। आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ भने सर्वसाधारण दर्शकका लागि रु. ५० को टिकट मूल्य निर्धारण गरिएको छ। सेमिफाइनल तथा फाइनल खेलका लागि भने टिकट शुल्क रु. १०० तोकिएको छ।

    माछापुच्छ्रे क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३०औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि ऐतिहासिक माइलस्टोन मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.