logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सहकारीकर्मी र सञ्चारकर्मीबीच संवाद


    १९ चैत्र २०८१ , मंगलबार

    सहकारीकर्मी र सञ्चारकर्मीबीच संवाद

    मर्चवार, चैत्र १९ । मर्चवार क्षेत्रका सहकारीकर्मी तथा संचारकर्मीबीच विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। देशका अन्य क्षेत्रमा सहकारी संस्थाहरू बचतकर्ताको रकम फिर्ता गर्न नसकेको अवस्थामा मर्चवारका सहकारीहरूले बचतकर्तालाई विभिन्न सुविधासहित सेवा दिइरहेको र कुनै विवाद नरहेको वक्ताहरूले कार्यक्रममा बताएका छन्।

    ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार रोइनिहवामा सम्पन्न कार्यक्रममा वक्ताहरूले मर्चवारका सहकारीहरू हालको समस्याबाट मुक्त रहेको धारणा व्यक्त गरे। कार्यक्रम श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा र मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा सहकारीका असल प्रयासहरूलाई सञ्चारकर्मीहरूले प्राथमिकताका साथ उठान गर्नुपर्ने सहकारी संचालकहरूको आग्रह थियो।

    जिल्ला सहकारी संघ, रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीले सामाजिक सञ्जालमा सहकारीहरूप्रति नकारात्मक सन्देशहरू फैलिएको भन्दै सञ्चारकर्मीहरूले स्थलगत अवलोकनपछि मात्र समाचार सम्प्रेषण गर्नुपर्ने सुझाव दिए। भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका व्यवस्थापक अशोक कुमार तिवारीले मर्चवारमा अझै पनि सहकारी शिक्षाको अभाव रहेको उल्लेख गर्दै नेपाल सरकारले प्रविधिमैत्री “एक घर, एक सहकारी शिक्षा“ नीति आवश्यक रहेको बताए। उनले समुदाय स्तरमै सहकारी सञ्चालन हुनु नै मर्चवारका सहकारीहरूको दिगो भविष्यको आधार भएको उल्लेख गरे।

    उनले २०५७ साल माघ २२, २३ र २४ गते मर्चवारमा १४ वटा स्वावलम्बन समूह दर्ता गराइएको जानकारी दिए। हाल ती सहकारी संस्थाहरूमा कुल १० करोड ४२ लाख १३ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको छ भने ९० करोड ९२ लाख १२ हजार रुपैयाँ बचत संकलन गरिएको छ। सोही सहकारीहरूमा ८५ करोड ७५ लाख १५ हजार रुपैयाँ ऋण लगानी गरिएको र कुल सम्पत्ति १ अर्ब ११ करोड रुपैयाँ नाघेको उनले जानकारी दिए। १४ वटा सहकारीमा १५ हजार ७२० सदस्य रहेका छन्, जसमा ८ हजार ३७२ जना महिला सदस्य छन्।

    मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरीले समुन्नत समाज निर्माणका लागि सहकारीकर्मी र सञ्चारकर्मीबीच सहकार्य आवश्यक रहेको बताए। उनले पत्रकार ऐना जस्तै हुने र वास्तविकता झल्काउने भएकाले यसलाई नकारात्मक रूपमा नबुझ्न आग्रह गरे।

    कार्यक्रम भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम गडेरियाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठी प्रमुख अतिथि रहेका थिए भने मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरी र मर्चवार सहकारी सञ्जालका संयोजक फूलमन केवट विशिष्ट अतिथि थिए।

    कार्यक्रममा सहकारीका व्यवस्थापक अशोक कुमार तिवारी, मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्मा, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता, बिन्दवासिनी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिलीप सहानी, श्रीकृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महन्थ प्रसाद लोध, ओम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक बिरेन्द्र पाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रमको सञ्चालन सहकारीका कर्मचारी राम अनुज प्रताप नारायण त्रिपाठीले गरेका थिए भने स्वावलम्बनको कोषाध्यक्ष राम केवल यादवले स्वागत मन्तव्य दिएका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.