logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    माछापुच्छ्रे कपः उत्कृष्ट प्रदर्शनसहित योङ्ग ब्वाइज एफ.सी. क्वाटरफाइनलमा प्रवेश


    २० चैत्र २०८१ , बुधबार

    माछापुच्छ्रे कपः उत्कृष्ट प्रदर्शनसहित योङ्ग ब्वाइज एफ.सी. क्वाटरफाइनलमा प्रवेश

    बिशन गुरुङ्ग


    भैरहवा, चैत्र २० । माछापुच्छ्रे कप फुटबल प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न खेलमा योङ्ग ब्वाइज एफ.सी. ले शानदार प्रदर्शन गर्दै माछापुच्छ्रे एफ.सी. लाई ३–१ गोल अन्तरले पराजित गरेको छ। यस जितसँगै टोलीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

    खेल सुरु भएदेखि नै योङ्ग ब्वाइज एफ.सी. ले उत्कृष्ट खेल प्रस्तुत ग¥यो। खेलको १८औं मिनेटमा टोलीका जर्सी नं. १८ मन्नु कुमालले गोल गर्दै टिमलाई अग्रता दिलाए। सुरुआती गोलपछि समेत आक्रामक शैलीमा खेलेको योङ्ग ब्वाइजका खेलाडीहरूले ३१औं मिनेटमा अर्को सफलता हात पारे।

    योङ्ग ब्वाइज एफ.सी. कै जर्सी नं. १२ सन्दिप गुरुङ्गले ३१औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। पहिलो हाफसम्म माछापुच्छ्रे एफ.सी.ले कुनै पनि गोल फर्काउन सकेन।

    दोस्रो हाफमा पनि योङ्ग ब्वाइज एफ.सी. ले आफ्नो लय कायम राख्यो। खेलको ३२औं मिनेटमा जर्सी नं. १२ सन्दिप गुरुङ्गले व्यक्तिगत दोस्रो तथा टिमको तेस्रो गोल गरे। यो गोलसँगै खेल झन् रोमाञ्चक बन्यो।

    माछापुच्छ्रे एफ.सी. ले पनि विपक्षीको पोस्टमा प्रहार गर्न खोज्यो, जसको नतिजास्वरूप खेलको ३५औं मिनेटमा जर्सी नं. १० विशाल पुनले गोल गर्दै टोलीका लागि सान्त्वना गोल फर्काए। तर, त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन र खेल ३–१ को नतिजामा टुंगियो।

    खेलमा उत्कृष्ट प्रदर्शन गरेका योङ्ग ब्वाइज एफ.सी. का जर्सी नं. १२ सन्दिप गुरुङ्ग लाई म्यान अफ द म्याच घोषित गरियो। उनले दुई गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले। उनलाई आयोजक समितिले नगद रु. १ हजार ५ सय रुपैयाँ प्रदान गर्यो।

    प्रतियोगिता अन्तर्गत आज दिउँसो ३ बजे हुने खेलमा मोनस्टार ब्वाइज एफ.सी. सुनवल र सम्पूर्ण एफ.सी. सुपौली प्रतिस्पर्धा गर्नेछन्। दुवै टोली जित निकाल्दै अर्को चरणमा प्रवेश गर्न चाहन्छन्, जसले गर्दा खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

    प्रतियोगितामा १२ वटा क्लब सहभागी रहेका छन्। आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ भने सर्वसाधारण दर्शकका लागि रु. ५० को टिकट मूल्य निर्धारण गरिएको छ। सेमिफाइनल तथा फाइनल खेलका लागि भने टिकट शुल्क रु. १०० तोकिएको छ।

    माछापुच्छ्रे क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३०औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि ऐतिहासिक माइलस्टोन मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.