logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    माछापुच्छ्रे कपः सम्पूर्ण एफ.सी. सुपौलीको प्रभावशाली जित


    २१ चैत्र २०८१ , बिहिबार

    माछापुच्छ्रे कपः सम्पूर्ण एफ.सी. सुपौलीको प्रभावशाली जित

    बिशन गुरुङ्ग


    भैरहवा, चैत्र २१ । माछापुच्छ्रे क्लबको आयोजनामा जारी माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत हिजो सम्पन्न खेलमा सम्पूर्ण एफ.सी. सुपौलीले मोनस्टार ब्वाइज एफ.सी. सुनवल लाई पराजित गर्दै शानदार जित निकालेको छ।

    खेलको पहिलो हाफमा दुबै टिमले उत्कृष्ट प्रदर्शन गरे पनि कुनै गोल हुन सकेन। तर, दोस्रो हाफमा सम्पूर्ण एफ.सी. सुपौलीका खेलाडीहरू हावी भए। खेलको १०औं मिनेटमा जर्सी नं. १० का दिनेश गुरुङ ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि खेलको २७औं मिनेटमा जर्सी नं. ४ का सनम गुरुङ ले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे।

    हिजोको खेलमा शानदार प्रदर्शन गर्दै सम्पूर्ण एफ.सी. सुपौलीका दिनेश गुरुङ (जर्सी नं. ८) म्यान अफ द म्याच घोषित भए। माछापुच्छ्रे फुटबल क्लबका अध्यक्ष युबराज थापा का अनुसार आज न्यू स्टार एफ.सी. भैरहवा र फर्साटिकर एफ.सी. फर्साटिकर बीच प्रतिस्पर्धा हुने छ।

    प्रतियोगितामा १२ वटा क्लब सहभागी रहेका छन्। आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ भने सर्वसाधारण दर्शकका लागि रु. ५० को टिकट मूल्य निर्धारण गरिएको छ। सेमिफाइनल तथा फाइनल खेलका लागि भने टिकट शुल्क रु. १०० तोकिएको छ।

    माछापुच्छ्रे क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३०औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि ऐतिहासिक माइलस्टोन मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल प्रतिभाहरूलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.