logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    माछापुच्छ्रे कप २०८१ः योङ्ग ब्वाईज एफसी सेमिफाइनलमा, मयन्क मगर म्यान अफ द म्याच


    २४ चैत्र २०८१ , आइतबार

    माछापुच्छ्रे कप २०८१ः योङ्ग ब्वाईज एफसी सेमिफाइनलमा, मयन्क मगर म्यान अफ द म्याच

    बिशन गुरुङ्ग


    भैरहवा, चैत्र २४। माछापुच्छ्रे क्लबको आयोजनामा जारी माछापुच्छ्रे कप फुटबल प्रतियोगिता २०८१ अन्तर्गत हिजो भएको खेलमा रोमाञ्चक भिडन्त देखिएको छ।

    खेलको सुरुवातमै, पाँचौँ मिनेटमा लिस्नु युवा एफसी, कोटीहवाका जर्सी नं. १० अमोस पुनले पहिलो गोल गर्दै आफ्ना टिमलाई अग्रता दिलाएका थिए। सुरुवाती गोलले खेलमा थप ऊर्जा भरिएको थियो। तर ३२औँ मिनेटमा, योङ्ग ब्वाईज एफसी, देवदहका जर्सी नं. २४ मयन्क मगरले उत्कृष्ट खेल कौशल देखाउँदै बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो। पहिलो हाफ दुवै टिमको दमदार प्रदर्शनले भरिएको थियो।

    खेलको दोस्रो हाफमा पनि उत्साह घटेन। खेलको २४औँ मिनेटमा योङ्ग ब्वाईजका जर्सी नं. १० अनिश थापाले उत्कृष्ट प्रहार गर्दै निर्णायक गोल गरे। सो गोलसँगै योङ्ग ब्वाईज एफसीले सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ।

    उत्कृष्ट प्रदर्शनका आधारमा मयन्क मगर ‘म्यान अफ द म्याच’ घोषित भए। उनले खेलभरि मध्यपंक्तिमा आफ्नो नियन्त्रण कायम राख्दै विपक्षी टिममाथि दवाव सिर्जना गरेका थिए।

    प्रतियोगिता आज (२४ गते) दिउँसो ३ बजे सि.न.पा. २, पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुने खेल अन्तर्गत देवदह एफसी र सम्पूर्ण एफसीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ। आयोजक क्लबले महिला दर्शक तथा कक्षा १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरेको छ। अन्य सर्वसाधारण दर्शकका लागि टिकट शुल्क रु. ५० तोकिएको छ भने सेमिफाइनल तथा फाइनल खेलको लागि टिकट शुल्क रु. १०० निर्धारण गरिएको छ।

    माछापुच्छ्रे क्लबले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगिताले आफ्नो ३० औं संस्करण पूरा गरेको छ, जुन क्लबका लागि विशेष उपलब्धि मानिएको छ। आयोजकका अनुसार, प्रतियोगिताले स्थानीय फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर प्रदान गरिरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.