लुम्बिनीखबर
भैरहवा, २५ चैत । रूपन्देहीको तिलोत्तमा -१५ कोटिहवामा निःशूल्क क्यान्सर रोग स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ ।
बुधबार २७ गते हुन लागेको शिविर सिटी हस्पिटलको अगुवाई र पञ्चकन्या ग्रुपको आयोजनामा हुने आयोजकले जनाएको छ।
भक्तपुर क्यान्सर हस्पिटलका १९ जना चिकित्सकहरुको टोली र सिद्धार्थनगर सिटी हस्पिटलका ७ जना चिकित्सकहरुद्वारा क्यान्सर सम्बन्धी सेवा दिने आयोजकले जनाएको छ।
उक्त स्वास्थ्य शिविरमा उपलब्ध सेवाहरु निःशुल्क (Pap Smear Test) सेवा, महिला तथा पुरुषको स्तन क्यान्सर सम्बन्धी चेकजाँच, शरीरका अन्य भागहरुको क्यान्सर सम्बन्धी चेकजाँच गर्ने आयोजकले जनाएको हो।
क्यान्सर सम्बन्धी निःशूल्क स्वास्थ्य शिविरको मुख्य आयोजक तिलोत्तमा -१५ कोटिहवामा रहेको पञ्चकन्या ग्रुप रहेको छ भने सह आयोजक सिद्धार्थनगर सिटी हस्पिटल, भैरहवा, मायादेवी–६ वेथरीमा निर्माणधिन तथा शिघ्र सञ्चालनमा आउन लागेको सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल रहेको छ।
क्यान्सर शिविर तिलोत्तमा–१५, पञ्चकन्या ग्रुपको प्राङगडमा हुने भएको छ । क्यान्सर सम्बन्ध जाँचको लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत रहेको छ ।