logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    रोहिणीको धकधईमा प्रचण्डको भव्य स्वागत


    ३ बैशाख २०८२ , बुधबार

    रोहिणीको धकधईमा प्रचण्डको भव्य स्वागत

    पशुपति यादव । लुम्बिनीखबर 

    रोहिणी,  ३ वैशाख । तराई मधेश जागरण अभियानमा रोहिणीको धकधईमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता, कार्यकर्ता र पार्टीका शुभचिन्तकहरूले फुलमाला र बाजागाजा सहित भव्य स्वागत गरेका छन् । 

     

    तराई मधेश जागरण अभियानको क्रममा धकधईमा नेपालका प्रथम पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘जनतासंग माओवादी तराई मधेश हुलाकी मार्ग जागरण अभियान’ बुधवार रुपन्देही जिल्ला प्रवेश गरी केन्द्रीय टोलीलाई रोहिणीको धकधईमा स्वागत गर्ने कार्यक्रम भएको छ।  

    बैशाख ४ गते बिहीवारका कार्यक्रमहरु निम्नानुसार रहेको जानकारी गराइन्छ। बिहान ५:३० बजे देखि ८:३० बजेसम्म मर्निङ्गवाक र जनसंवाद – भैरहवा मिलनचोकदेखि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीरोड हुँदै बुद्धचोकसम्म ।

    बिहान ९ बजेदेखि १० बजेसम्म प्रशिक्षण – युवा विद्यार्थी र वाइसिएल स्थान होटल पौवामा गरिने भएको छ। बिहान १० देखि ११:३० बजेसम्म अन्तरक्रिया – बुद्धिजिवी, नागरिक समाज र उद्योग व्यापार संघ होटेल पौवामा भने बिहान ११:३० बजे सहिद परिवारसँग भेटघाट र सामूहिक खाना, दिउसो २ बजे मर्चवारको मझगावामा बृहत् आमसभालाई सम्बोधन र दिउसो ४ बजे केन्द्रीय अभियान कपिलबस्तु जिल्लालाई हस्तान्तरण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रूपन्देही संयोजकले जनाएको छ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.