logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    शुद्धोधनका अध्यक्ष कमलेशशरण चौधरी माथि  गोली प्रहार 


    ५ बैशाख २०८२ , शुक्रबार

    शुद्धोधनका अध्यक्ष कमलेशशरण चौधरी माथि   गोली प्रहार 

    अन्जना चौहान ।लुम्बिनीखबर

    लुम्बिनी, ५ वैशाख। कपिवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका  अध्यक्ष कमलेशशरण चौधरी माथि गएको मध्यरातमा गोली प्रहार भएको छ। 

    मायादेवी गाउँपालिका वडा नं – १ स्थित आफ्नो निवासमा बसेका  अध्यक्ष चौधरी माथि गोली चलेको हो ।  सो घटना राती करिव साढे ११ बजेको समयमा  घटेको हो ।

    अध्यक्ष चौधरी घरसगैँ सटेको शौचालयमा शौच गर्न जाने क्रममा सोही मौका छोपी केही अज्ञात ब्यक्तिले गोली चलाएका हुन् ।

    गोली चलाउने ब्यक्ति उचाइमा आफु भन्दा अग्लो रहेको र मुखमा सेता पट्टी बाधेको अध्यक्ष चौधरीले बताएका छन् ।

    गोली लाग्नबाट बालबाल बचेका चौधरीले आफुलाई फसाउने कुनै माध्यम नदेखेपछि केही तत्वले  प्रहार गर्न खोजेको  बताएका छन् । 

    सो घटना हुन साथ अध्यक्ष चौधरीको घरमा प्रहरीको टोली पुगी  घटना स्थलमा पुगी एक थान गोलीको खोका बरामद भएको  छ भने त्यसैका आधारमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिएका छन्।  उनका अनुसार, -‘ गोली प्रहार गर्ने ब्यक्तिको खोज अनुसन्धान भई रहेको छ। ‘ 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.