logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थ उद्योग वाणिज्य संघ वालिङमा स्वागत तथा सम्मान


    १८ बैशाख २०८२ , बिहिबार

    सिद्धार्थ उद्योग वाणिज्य संघ वालिङमा स्वागत तथा सम्मान

    स्याङजा, १८ वैशाख । वालिङ उद्योग वाणिज्य संघ स्याङजाले सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, रुपन्देहीलाई स्वागत तथा सम्मान गरेको छ । संघले बिहीबर आफ्नो सभाहलमा सिद्धार्थ उद्योग वाणिज्य संघबाट अध्ययन अवलोकन भ्रमणमा आएको टोलिलाई स्वागत तथा सम्मान गरेको हो ।

    वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सिद्धार्थ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत तथा सम्मान गर्दै व्यवसायी सम्वन्धलाई दुबै संघले अझ बलियो बनाउनु पर्ने बताउनुभयो । उहाँले सिद्धार्थ उद्योग वाणिज्य संघ नेपालकै नमूना योग्य संघ भएकाले त्यहा जस्तो ठूलो घराना व्यवसायी, उद्योग तथा कलकारखानाहरु आफ्नो संघको सदस्य नभए पनि साना, घरेलु र परम्परागत व्यापार गर्नेहरु रहेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले वालिङ उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद शर्मालाई आगामी कार्यकाल लागि हुँदै गरेको नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिको उपाध्यक्ष पदको उम्मेदवारमा प्रस्ताव गर्नुभएको छ ।

    स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले वालिङ उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघ विचको सम्बन्ध व्यापारिक सम्बन्धबाट अव आत्मिय सम्बन्ध तर्फ अगाडी बढेको बताउनुभयो । उहाँले नीजिक्षेत्रको विकासका लागि दुबै संघले संगसंगै काम गर्नुपर्ने पनि प्रस्ताव राख्नुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग व्यावसायी देशका मेरुदण्ड भएकाले इमानदार भएर व्यापार व्यवसायी सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले देश संकटमा पर्दा नीजिक्षेत्रले धैर्यताका साथ सहयोग तथा सहकार्य गर्ने तप्परता राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ नि. अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु, विष्णु शर्मा, कुल प्रसाद न्यौपाने, राम कुमार शर्माले आ–आफ्नो भनाई राख्नुभएको थियो । अवलोकन भ्रमणमा सिद्धार्थ उद्योथ वाणिज्य संघको पदाधिकारी तथा कार्यसतिमि, पूर्व अध्यक्षहरु तथा कर्मचारीको सहभागिता रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.