logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सिद्धार्थ उद्योग वाणिज्य संघले ग¥यो नयाँ एसपीलाई स्वागत तथा छलफल


    २५ बैशाख २०८२ , बिहिबार

    सिद्धार्थ उद्योग वाणिज्य संघले ग¥यो नयाँ एसपीलाई स्वागत तथा छलफल

    भैरहवा, २५ वैशाख । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले जिल्ला आउनु भएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदिपकुमार क्षेत्रीलाई स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । संघको सभाहलमा विहीवार भएको स्वागत तथा भेटघाट कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले स्वागत गर्दै यसक्षेत्रमा रहेका उद्योगी व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गर्नुभयो । उहाँले खुल्ला सीमाका कारण यहाँको उद्योग व्यवसायीलाई समस्या श्रृजना हुने गरेको भन्दै चोरी तस्करी र सीमा अपराधलाई नियन्त्रण गर्न प्रहरीले भुमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।

    स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले समाजको शान्ति सुरक्षामा नागरिक आफै जिम्मेवारी हुनुपर्ने बताउनुभयो । प्रहरीमा अहिले मिटर ब्याजी तथा केहि लेनदेनका मुद्धाहरुको दर बढ्दो रहेको बताउँदै त्यसलाई सहजीकरण गर्नका लागि टिम तयार गरेर कार्य गरिरहेको जानकारी दिनुभयो ।

    जिल्लामा गोली काण्ड तथा अपराधका घटनाहरु आफु आउनुभन्दा पहिला घटेका छन् । त्यसको अनुसन्धान प्रहरीले सुक्ष्मरुपमा अध्ययन गरिरहेको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो । रुपन्देहीमा केहि चोरी तस्करी हुने गरेका खवरहरु प्राप्त भएकाले त्यसको रोकधामका लागि आफूले मातहतलाई कडा निर्देशन दिएको कार्यक्रममा एसपी क्षेत्रीले जानकारी दिनुभयो । सुरक्षाका कारण सीमाक्षेत्रमा परिचय पत्रको आधारमा आवत जावत गर्नका लागि आम नागरिकलाई अनुरोध गर्दै प्रहरी उपरीक्षक क्षेत्रीले स्थानीय जनसमुदायको सल्लाह सुझावमा आफूले काम गर्ने बताउनुभयो । यो बजारमा ट्राफिक व्यवस्थापनमा केहि समस्या रहेको भन्दै सबैले मिलेर यसको समाधानका लागि सहकार्य गर्नपर्ने भनाई उहाँले राख्नुभयो । नागरिकको सुरक्षाका लागि आफूले सवै शक्ति परिचालन गरिरहेको भन्दै एसपी क्षेत्रीले सुरक्षाको जिम्मेवारी आफ्नो रहेकाले ढुक्क भएर व्यापार व्यवसायी सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले नेपालको पर्यटन क्षेत्रको मुख्य नाका बेलहिया पनि यहि पर्ने भएकाले यहाँको सुरक्षालाइ जिम्मेवारीरुपमा कार्य गर्न अनुरोध गर्नुभयो । उहाँले नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्न आग्रह गर्दै रोलमोडल कमाण्डर परिचय बनाउन सुझाव दिनुभयो ।

    संघका निर्वतमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले जिल्ला प्रहरी प्रमुख क्षेत्रीलाई सफलताको शुभकामना दिँदै सहकार्यका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ तयार रहेको जानकारी दिनुभयो । सीमाक्षेत्रमा उद्योग व्यवसायी सञ्चालन गरेका व्यवसायीलाई प्रहरीले दुःख दिने गरेको भन्दै सहजीकरणका लागि उहाँले आग्रह गर्नुभयो ।

    संघ पूर्व अध्यक्ष तथा सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद शर्माले यो जिल्ला संवेदशील जिल्ला भएको जानकारी दिँदै यहाँ विगतमा भएका गोली काण्ड तथा चोरी तस्करी र डकैतीको अनुसन्धानमा प्रहरी चुकेको बताउँदै यस्तामा प्रहरी संवदशिल हुनुपर्ने बताउनुभयो । उहाँले प्रहरीले पनि सेवा दिनका लागि कहिले काही पेशा भन्दा माथि नेपाली नागरिक हो भन्ने सोचका साथ नेपाल र नेपालीको सेवामा गंभिर भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।

    संघका सल्लाहकार तथा पूर्व अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले नीजि क्षेत्र संघ सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले रुपन्देही जिल्लाका पूर्व प्रहरी प्रमुख विक्रम सिंह थापाले जस्तै सिंघमको रोलमा रहेर काम गर्न एसपी क्षेत्रले सुझाव दिँदै चोरीतस्करी नियन्त्रण तथा सीमा अपराध न्यूनिकरणमा विशेष ध्यान दिनु अनुरोध गर्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुप्रसाद शर्माले सिद्धार्थनगर भित्र पर्ने बेलहिया नाका देशका ७७ वटै जिल्लाका मानिसहरुले प्रयोग गर्ने सीमा नाका भएको जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल तथा महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थल भएको जिल्ला भएका कारण सुरक्षालाई व्यवस्थित गर्ने योजनामा स्थानीयसंग सहकार्य गरेर अगाडी बढ्न सुझाव दिनुभयो ।

    सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष तथा होटल नान्समा सञ्चालक चन्द्र प्रकाश श्रेष्ठले सडक पेटीमा सवारी साधन तथा मोटर साईकल पार्किङ गर्ने गर्दा पर्यटकलाई हिलडुल गर्न समस्या भएको जानकारी दिनुभयो । उहाँले रात्री कालिन बजार खुल्ला गर्नुपर्ने भन्दै पर्यटन क्षेत्रको विकासमा सहयोग पुराउन अनुरोध गर्नुभयो । देशको समृद्धिका लागि पर्यटनक्षेत्र महत्वपूर्ण रहेको बताउदै श्रेष्ठले प्रहरीसंग पर्यटन व्यवसायी हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार रामकुमार शर्माले सीमाक्षेत्रमा लागु औषध प्रयोग गर्दा र ओसारपसार गर्नेहरुको सख्यात्मक बृद्धिले युवापुस्तालाई गलत मार्गमा हिडाएको बताउनुभयो । संघका सल्लाहकार वरिष्ठ अधिवक्ता शिव गौडेलले प्रहरीले नागरिकलाई दुःख दिने उद्धेश्यका साथ जाहेरी लिने तर त्यसको अनुसन्धानमा जालझेल गर्ने गरेको भन्दै त्यस तर्फ नयाँ प्रहरी प्रमुखले ध्यान दिन आग्रह गर्नुभयो ।

    संघका सल्लाहकार गोपाल भण्डारीले बजारमा पछिल्लो चरण दिनमा भिख मागेर हिड्नेहरु रातीको समयमा चोरी कार्यमा लाग्ने गरेको भन्दै यस्ता भिखमाग्ने मानिस र पानपसलहरुमा देखिने अपरिचित व्यक्तिलाई प्रहरीले पहिचान गर्नुपर्ने वताउनुभयो । संघका सचिव मंगल भण्डारीले विभिन्न पार्टी तथा विवाहमा वजाईने वाजा तथा साउण्डले गर्दा ध्वनी प्रदुषण बढदो रहेकाले यसको रोकथामका लागि अनुरोध गर्नुभयो ।

    संघका कार्यसमिति सदस्य विकास गोयङ्काले मर्चवारका कृषकहरुले खाध्यान्न विक्रि वितरणमा प्रहरीले समस्या पार्ने गरेका बताउनुभयो । २४ औँ घण्टा खुल्ने रेष्टुरेन्टहरुमा होहल्लाले गर्दा स्थानीयहरुलाई समस्या श्रृजना हुने गरेको गोयङ्काले जानकारी दिनुभयो । संघका कार्यसमिति सदस्य कमल ज्ञवालीले रुपन्देहीमा अस्वस्थ भारतीय बजारबाट मासुको तस्करी नेपाल तर्फ तस्करी भई बढ्दो रुपमा आउने गरेकाले नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी प्रमुख क्षेत्रीलाई अनुरोध गर्नुभयो । उहाँले मासुजन्य पदार्थमा तस्करीका कारण नेपालमा कृषक तथा पोल्ट्री व्यवसायी संकटमा परेको बताउनुभयो ।

    संघका कार्यसतिमि सदस्य रचना क्षेत्रीले नयाँ युवामा लागुऔषद सेवन तथा दुव्र्यसनी बढदो रहेकाले प्रहरी त्यस तर्फ चनाखो भएर नागरिक संग सहकार्य गर्नुपर्ने बताउनुभयो । लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव तथा संघका कार्यसमिति सदस्य प्रितम रौनियारले सडक डिउटीमा रहेका प्रहरी सधै मोवाइल फोनमा व्यस्त देखिने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने सुझाव दिनुभयो । संघका वरिष्ठ उपाध्यक्ष दिलिम कुमार कान्दुले प्रहरी उपरीक्षक क्षेत्रीलाई शव्द द्धारा स्वागत गर्दै उद्योग व्यवसायीको सुरक्षालाई प्राथामिकता दिन अनुरोध गर्नुभयो ।

    सीमाक्षेत्रमा आउने पर्यटकलाई प्रहरीले सहजरुपमा भुमिका खेल्नुपर्ने वताउदै उद्योगी व्यापारीलाई सुरक्षाको अनुभुती दिने काम गर्न आग्रह गर्नुभयो । स्वागत तथा भेटघाट कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यसमिति, सल्लाहकार, परामर्शदाता र उद्योगी व्यवसायीको उपस्थित रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.