पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २ जेठ । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिकामा पालिका स्तरीय २०८१।०८२को अध्यक्ष कप सुरु भएको छ। स्वास्थ्यको लागि खेल राष्ट्रका लागि खेल भन्ने मूल नाराका साथ आज एक कार्यक्रम बीच पालिका अध्यक्ष मन्जित यादवले दिप प्रज्वलन तथा रिब्वन काटी क्रिकेट खेलको शुभारम्भ गरेको आयोजकले जानकारी दिएका थिए। पालिका स्तरीय खेलाडी उत्पादन गर्ने आफ्नो उद्देश्य रहेको प्रत्येक वडाबाट खेलाडीलाई सहभागी गराई खेल शुभारम्भ गरिएको छ यो खेल ६दिवसीय चल्ने अध्यक्ष यादवको भनाइ रहेको थियो।

मौसम साथ दिएन भने एक दुई दिन बढ्ने सक्नेआकलन गरिएको छ यादवले बताएका थिए अध्यक्ष कपमा वार्ड र कर्मचारी गरी आठवटा समूह सहभागी रहेका वडा नम्बर ५ का अध्यक्ष एवं पालिका प्रवक्ता मदन पोखरेलले बताएका थिए।

१५ ओभरको खेल खेलाइने र प्रथम विजेता खेलाडीहरुलाई सिल्डसहित ६००००नगदले पुरस्कृत गर्ने द्वितीय विजेता खेलाडीलाई सिल्ड सहित ३० हजार नगदले पुरस्कृत गर्ने अनुशासित खेलाडी समूहलाई १० हजारले सम्मानस्वरूप पुरस्कृत गर्ने छ भने उत्कृष्ट बलरलाई सिल्ड सहित पाँच हजार वेस्ट म्यान लाई सिल्डसहित २५००नगद धनराशिबाट सम्मानित हुने आयोजकले जनाएको छ। उद्घाटन सत्रमा विशिष्ट अतिथि उपाध्यक्ष सुनिता चौधरी प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थी लेखा अधिकृत कमल शर्मा, कृषि शाखा केशवप्रसाद चौधरी शिक्षा शाखा हरिप्रसाद पोखरेल अन्य शाखाका प्रमुख कर्मचारीहरु र दर्शकहरूको बाक्लो उपस्थिति थियो भने पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचनले शुभकामना मन्तव्य दिनुभएको थियो र पशु शाखा प्राविधिक विनोद घिमिरेको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।