पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १२ जेष्ठ । रुपन्देही जिल्लाको पूर्वी क्षेत्रमा पर्ने रोहिणी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
हाम्रो रोहिणी, स्वस्थ रोहिणी” भन्ने मूल नाराका साथ सुरु गरेको र पूर्ण खोप सुनिश्चितता घोषणा गरेका रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी पूर्णखोप सुनिश्चितता एवं दिगोपन पालिका घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख रामनिवास चौधरीले बताए।
गाउँपालिका अध्यक्ष यादवले पूर्णखोप घोषणा गर्नको लागि स्वास्थ्य शाखा स्वस्थकर्मीहरूको लगनशीलता, कर्मशीलता, संघसंस्था, स्वयंसेविका, संचारजगत तथा समाजसेवीहरु साथ र सहयोगले तथा परिश्रमले पूर्णखोप घोषणा गर्न सफल भएकोमा बताए ।

स्वस्थलाई सहतापूर्वक जनताको सेवा सुविधाका लागि १५ सैयाको अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ र गाउँपालिकाले छिटो भन्दा छिटो आफ्नै प्रशासनिक भवनमा कामकाज सुरु गर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजन गाउँपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेको छ। खोप लगाउनबाट बालबालिकाहरु छुट्न हुँदैन उपाध्यक्षले बताइन्।
कार्यक्रममा प्रमुख अतिथि रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपागाँईले स्वस्थकर्मीहरूले अभियानको रुपमा चलाएको खोप सुनिनिश्चितता पाएको छ। तर जनस्तरमा अझै पनि चेतना फैलाउनुपर्ने बताए ।
कार्यक्रममा रोहिणीका नि. प्रशासकीय प्रमुख कृष्णप्रसाद ज्ञवालीले गाउँपालिका भित्र उद्योग, कलकारखाना, इटाभटटि समेतमा रहेका कामदारहरूको बालबालिकाहरूलाई खोप दिएको बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका नि. प्रमुख चिन्तामणि ज्ञवालीले तथ्याङ्क आधारमा कुनै बालबालिका छुट्नु हुँदैन र स्वास्थ्यकर्मीको जिम्मेवारी त छ नै बालबालिकाको अभिभावक र स्वास्थ्यकर्मी स्वयंसेविकाको समन्वय सहकार्य अपरिहार्य रहेको बताए।
पूर्ण खोप घोषणा ठूलो उपलब्धि प्राप्त भएकोमा आमा समुह, इन्द्रेणी समुह लगायतका संघ संस्था, सञ्चारकर्मी, स्वास्थ्यकर्मीको सहयोगमा घोषणा गरिएको र हामी कुनै कुनै बालबालिकालाई खोपबाट वञ्चित हुन दिँदैनौ सातवटा स्वस्थ चौकीको इन्चार्जहरूको प्रतिनिधित्व गर्दै पोखरभिन्डी स्वास्थ्य चौकीका इन्चार्ज ताराप्रसाद गैरे प्रतिबद्धता जनाए।
कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानाध्यापक, मदरसाका प्रधानाध्यापक, स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि, पदाधिकारी, कर्मचारीहरु लगायतका उपस्थिति रहेको थियो भने शिक्षा शाखा प्रमुख नारायण प्रसाद ढुङ्गानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।