लुम्बिनीखबर
भैरहवा, १८ जेठ । सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीले वार्षिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
शनिबार पाल्पाको रिद्धिकोट नगरपालिकामा रहेको सृजना फर्ममा एक कार्यक्रमको आयोजना गरी गोष्टी भएको हो । संघका अध्यक्ष राजन विश्वकर्माको अध्यक्षतामा सञ्चालन गरिएको हो भने गोष्ठीबाट संघले वर्षभरी गरिने काम उल्लेख गरिएको अध्यक्ष विश्वकर्मा जानकारी दिनुभयो ।
वार्षिक कार्ययोजना अन्र्तगत संघले भवन व्यवस्थापन, विभिन्न ठाउँमा वृक्षरोपण, रक्तदान कार्यक्रम तथा संघमा आवद्ध सदस्य तथा कर्मचारीहरुको स्वास्थ्य सम्बन्धी आँखा चेकजाँच गर्ने जस्ता कार्यक्रमहरु रहेको आयोजक स्रोतले जानकारी दिएको छ ।
कार्यक्रममा राम कृष्ण विश्वकर्माको प्रमुख अतिथ्यतामा भएको थियो, विशिष्ट अतिथि नि. वर्तमान अध्यक्ष शतिष कुमार कौशलको रहेको थियो भने गणेश विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।