रुपन्देही, २६ जेठ । रुपन्देहीको सुरक्षा क्षेत्र अहिले नयाँ आशामा बाँचेको छ । कारण हो– प्रहरी प्रमुखको रूपमा प्रदिप बहादुर क्षेत्रीको आगमन । उनी आएपछि जिल्लाम अपराध न्यूनीकरण हुनुका साथै सुशासनको अनुभूति जनमानसले प्रत्यक्ष गर्न थालेका छन् । पछिल्लो समयमा प्रहरी प्रति जनताको विश्वास घट्दै गएको अवस्थामा एसपी क्षेत्रको व्यवसायी दक्षताले प्रहरी साच्चै जनताका साहरा बनेको देखिन्छ ।
अपराध नियन्त्रणमा शून्य सहनशीलता नीति
एसपी क्षेत्रीले पदभार सम्हालेपछि पहिला आफ्नै संगठनभित्र सुधार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी अधिकृतहरु बताउछन् । अनुशासनहीनता र कार्यशैलीमा आएको ढिलासुस्ती हटाउँदै प्रहरीलाई जवाफदेही बनाउने अभियानमा उनले सुरुवाती समय विताएको जिल्ला प्रहरी कार्यालयको रेर्कडमा देखिन्छ । त्यसपछि बाह्य अपराध नियन्त्रणतर्फ उनले आक्रामक शैली देखाए—तस्करी, कालाबजारी, गुन्डागर्दी, लागुऔषध कारोबारजस्ता गतिविधिमा संलग्नहरू विरुद्ध कडा निगरानी र कारबाही गरेको प्रहरी सार्वजनिक गरेको सुचनाले प्रमाणित गरेको स्थानीय बुद्धिजिविहरु बताउछन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य भन्छन्, “एसपी क्षेत्रीको इमानदारिता र व्यावसायिक दृष्टिकोण प्रशंसनीय छ । उनका कारण उद्योगी व्यवसायीमा विश्वास बढेको छ ।” व्यवसायीको हक अधिकारको संरक्षण र इमानदार उद्योगी व्यवसायीको पक्षमा प्रहरीले राम्रो काम गरेको सिद्धार्थ उद्योग बाणिज्य संघको भनाई रहेको छ ।
नदी–खोला संरक्षणमा विशेष सक्रियता
जिल्लाभित्र रहेका नदी तथा खोलाको अवैध दोहन विगतदेखि नै एक चुनौती थियो । एसपी क्षेत्रीले यो विषयलाई सुरुदेखि प्राथमिकतामा राख्दै कडा रणनीति अपनाएको देखिन्छ । प्रहरी र स्थानीय तहको संयुक्त समन्वयमा अवैध उत्खनन रोक्ने अभियान सञ्चालन गर्दै अवैध कार्यमा संलग्नलाई कडाकार्वाही गरेका छन् । यसले वातावरणीय सन्तुलन मात्र होइन, राज्यको राजस्व सुरक्षामा पनि टेवा पु¥याएको देखिन्छ । पछिल्लो समय रुपन्देहीमा नदि तथा खोलाहरुमा अवैध उत्खनन् भएको भन्ने समाचारहरु आएपनि त्यसलाई नियन्त्रण र न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालयले महत्वपूर्ण भुमिका खेलेको जनप्रतिनिधिहरु बताउछन् । कानुनी रुपमा उत्खनन् हुने कार्यमा निगरानी र अवैध कार्यमा लाग्नेलाई निरुत्साहित गर्ने काम प्रहरीले गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सीमा सुरक्षा र तस्करी नियन्त्रण
रुपन्देहीको सीमा क्षेत्र भारतसँग जोडिएको कारण यहाँ तस्करी र अपराध सधै मौलाउन गरेको छ । तर एसपी क्षेत्रीको निगरानीमा अहिले ती गतिविधिमा उल्लेखनीय कमी आएको उद्योग व्यवसायीहरु बताउछँन । धेरै तस्करहरू अन्य जिल्लातर्फ पलायन भएको स्थानीयवासीहरु बताउँछन् । सीमाक्षेत्रमा प्रहरीको बढ्दो निगरानी र अपराध नियन्त्रणको अभियान शुरु भएपछि तस्कर तथा अपराधीहरुको भागाभागको अवस्था आएको छ ।
लुम्बिनी ट्रक व्यवसायी समितिका अनुसार, भन्सार बिन्दुमा हुने ओभरलोड नियन्त्रण र ट्राफिक व्यवस्थापनमा पनि सुधारमा देखिएको छ ।
जनताको विश्वास जित्दै अघि बढ्ने प्रहरी
एसपी क्षेत्री आफैं भन्छन्, “म यहाँ जनताको सेवा गर्न आएको हुँ । जति दिन रहन्छु, त्यति दिन इमानदारीपूर्वक काम गर्छु ।” उनको कठोर तर न्यायिक कार्यशैलीले जनताको मन जितिरहेको छ । अधिवक्ता अनुप पोखरेल भन्छन्, “एसपी क्षेत्री जस्ता प्रहरी अधिकृतहरू नै प्रहरी संगठनको सम्मानका आधार हुन ्।” उनको व्यवसायी इमानदारिता र कार्यशैली उत्कृष्ट भएको जनमानसमा चर्चा हुन थालेको छ ।
निष्कर्ष
रुपन्देही अहिले शान्ति सुरक्षाको दृष्टिले सुशासनतर्फ उन्मुख भइरहेको जिल्ला हो । यहाँको अपराध दर घट्दै गएको छ । स्थानीय जनताको विश्वास प्रहरी संग बढ्दो छ । एसपी क्षेत्रीको इमानदार नेतृत्व र स्पष्ट नीति–दृष्टिकोणले प्रहरी मात्र होइन, समाजलाई नै नयाँ ऊर्जा दिएको छ । यसका लागि यहाँका जनसमुदाय, उद्योगी व्यवसायी तथा सामाजिक संघ संस्थाको सहकार्य जरुरी देखिन्छ ।