पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, २६ जेठ । रोहिणी गाउँपालिकाले बाख्राको नश्ल सुधारको लागि बोयर जातको बोका वितरण गरेको छ ।
सोमवार (आज) एक कार्यक्रमको आयोजना गरी बोयर जातको बोका वितरण गरेको पशु शाखाले जनाएको छ ।
परम्परागत रुपमा बाख्रापालन गर्दै आएका पशुपालकहरु बोयर जातको बोका प्रजन्नमा नश्ल सुधार हुने पशु शाखाले जनाएको छ ।
हाम्रो गाउँ समाजमा धेरै कृषि पछिको अर्को पेशाको रुपमा बाख्रा पालन हो । बाख्रा पालनमा महिलाहरु बढी लागेको पाइन्छ । ती पशु पालकहरुलाई प्रविधि सम्बन्धी जानकारी नहुदाँ परम्परागत हिसाबले नै बाख्रा पालन गर्दै आएका छन् । बाख्राको नश्ल सुधारको लागि पशु पालनमा आबद्ध वा समूहभन्दा बाहिर रहेका बाख्रापालक कृषकहरूलाई बोयर जातको बोका वितरण वापत नश्ल सुधार हुने र उत्पादन बढ्ने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव को भनाई छ ।
बाख्रापालन गर्ने कृषक दिदीबहिनी तथा दाजुभाइहरूले बाख्रापालनलाई प्राविधिकमैत्री बनाउन आवश्यक रहेको उपाध्यक्ष शिवकान्ति हरिजनको भनाइ छ । बाख्रा पालनलाई व्यवस्थित गरेर अघि बढेमा घर परिवारको गुजारा चलाउन सहज हुने उपाध्यक्ष हरिजनले जनाउनुभयो ।
गाउँपालिकाभित्र रहेको बाख्रापालन सक्रिय ६ बाट समूहलाई नश्ल सुधारको लागि बोयर जातको बोका प्रतीसमूह दुई ओटाको दरले गोलाप्रथा द्वारा वितरण गरिएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो । गाउँपालिकाभित्र कृषकहरूले पालेको बाख्राहरूको सर्वे र कृषकहरूसँग सोधपुछ गर्दा बाख्राले आफ्mै जन्माएको सन्तानबाट प्रजन्नले उत्पादनमा घटोत्तरीको तथ्य बाहिर आएको देखिएपछि नश्ल सुधार कार्यक्रम अगाडी बढाइएको बताउनुभयो । गाउँपालिका भित्र तथ्याङ्क अनुसार सक्रिय समूह स्मार्ट कृषि बाख्रा समूह, मैनिहवा रोहिणी दलित महिला बाख्रापालन समूह र कदमहवा कोटहीमाई दलित महिला बाख्रा पालन समूह, पर्सा चैनपुरवा महिला बाख्रा पालन समुह, चैनपुरवा पुनम बाख्रा पालन समुह, चैनपुरवा बागमती महिला बाख्रापालन समूह गरी ६ लाख बराबरको १२ ओटा बोयर जातको बोका नश्ल सुधार अभियान अन्तर्गत वितरण गरिएको शाखा प्रमुख ठाकुरले जानकारी दिनुभयो भने मत्स्य अधिकृत बृहस्पति भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।