logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    इरानबाट उद्धार गरिएका बुटवलका दुई युवा कृष्णनगर हुँदै घर आइपुगे


    १२ असार २०८२ , बिहिबार

    इरानबाट उद्धार गरिएका बुटवलका दुई युवा कृष्णनगर हुँदै घर आइपुगे

    लुम्बिनीखबर

    भैरहवा, १२ असार । इरानको मसादबाट भारतले उद्धार गरी ल्याएका रुपन्देहीका दुईजना युवाहरु घर फर्किएका छन् । नेपाल सरकारको अनुरोधमा उद्धार गरिएका नेपालीहरुमध्ये दुईजना बुधबार कपिलववस्तुको कृष्णनगर नाका हुँदै बुटवलस्थित घरमा आइपुगेका हुन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरे घर आइपुगेको जनाए । ‘हामीले बेलहिया नाकामा उहाँहरुलाई पर्खिएर बसेका थियौं, तर, कृष्णनगर नाका हुँदै घर आइपुग्नु भएछ ।’ घिमिरले पोखरेलको परिवारसँग आफूले कुराकानी गरेको र राम्रैसँग घरमा आइपुगेको प्रतिक्रिया पाएको बताए । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि नेपालको अनुरोधमा केही नेपालीहरुलाई भारत सरकारले उद्धार गरेको थियो । यसमध्ये दुईजना रुपन्देहीका थिए । भारतस्थित नेपाली दूतावासले मंगलबार साँझ ट्विट गर्दै उनीहरु घर फर्किन लागेको जनाएको थियो ।

    उद्धार पछि घर फर्किंदै गरेका पोखरेल र गैरेलाई सीमा नाकामा स्वागत गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा सुरक्षा अधिकारीहरु बेलहिया नाका पुगेका थिए । तर, ४ बजेतिर मात्रै उनीहरु कृष्णनगर नाकाबाट घर फर्किएको खबर सुरक्षा अधिकारीहरुले पाएका थिए ।

    दिल्ली–नेपाल चल्ने सिधा बसमार्फत् उनीहरु घर आइपुगेको घिमिरेले बताए । दिउँसो २–३ बजेको बीचमा पोखरेल र गैरे कृष्णनगर नाका हुँदै घर आइपुगेको पारिवारले जनाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.