लुम्बिनीखबर
सिद्धार्थनगर, २५ असार। रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।
आज (बुधवार) बेलुका करिब ५/६ बजे तिलोत्तमा नगरपालिका-७ भलवारी बस्ने अन्दाजी १४ वर्षीय प्रज्ञान ज्ञवालीकाे तिलोत्तमा होम्स नजिकै रहेको तिलोत्तमा हाउजिङमा साथीहरुसंग पौडी खेल्ने क्रममा मृत्यु भएको हो ।
चार जना साथीहरुसंगै पौडी खेल्न गएका उनको शव पौने दुई घण्टा पछि मात्र प्रहरीले फेला पारेको सशस्त्र प्रहरी बल २७ नम्बर गणका प्रहरी निरीक्षक सर्बजीत थापाले बताए।
सशस्त्र प्रहरी बल २७ नम्बर गणबाट प्रहरी निरीक्षक सर्बजीत थापाको कमाण्डमा खटिएका टोलीले खोज तलास गरी मृतक अवस्थामा फेला परेका हुन्। पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक सर्बजीत थापाले बताएका छन्।