logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    उपभोक्ताहरूको गुनासो तुरुन्त सम्बोधन गर्न सिडियोको निर्देशन


    ५ साउन २०८२ , सोमबार

    उपभोक्ताहरूको गुनासो तुरुन्त सम्बोधन गर्न सिडियोको निर्देशन

    लुम्बिनीखबर
    सिद्धार्थनगर, साउन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडियो) बासुदेव घिमिरे विद्युत आपूर्तिको अनियमितता, लो–भोल्टेज र सिस्टमको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।


    जिल्लाका नेपाल विद्युत प्राधिकरण एवं मातहतका प्रमुखहरू तथा सरोकारवालालाई आइतवार विद्युत आपूर्तिको अनियमितता र लो–भोल्टेजको समस्या समाधान एवं विद्युत्त वितरण प्रणालीलाई भरपर्दो र व्यवस्थित बनाउन निर्देशन दिएका छन् ।
    उनले रुपन्देहीका विद्युत्त वितरण प्रणालीलाई भरपर्दो र व्यवस्थित बनाउन, लो–भोल्टेज समस्यालाई तत्काल समाधान गर्न, नियमित मर्मतसम्भार गर्न र उपभोक्ताहरूको गुनासो तुरुन्त सम्बोधन गर्न निर्देशन दिए ।
    यो निर्देशन जिल्ला प्रशासन कार्यालयमा बैठक बसी विद्युत आपूर्तिमा देखिएको समस्याले यहाँका घरेलु क्षेत्र, औद्योगिक, बाणिज्य तथा सार्वजनिक क्षेत्रमा असर परेको गुनासो आइरहको बताए ।
    प्राधिकरणहरुले आआफनो क्षेत्रमा नयाँ र क्षमतावान पोल, ट्रान्सर्फम जडान गरी जनताको समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.