logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    विद्यार्थीलाई ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण सम्बन्धी तालिम दिँदै ट्राफिक प्रहरी 


    १६ साउन २०८२ , शुक्रबार

    विद्यार्थीलाई ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण सम्बन्धी तालिम दिँदै ट्राफिक प्रहरी 

    लुम्बिनीखबर

    भैरहवा,  साउन । जिल्ला ट्राफिक प्रहरी कार्याल रुपन्देहीले कक्षा ८, ९ र १० मा अध्ययनरत २ सय वढि विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।

    विहिवार भैरहवाको पश्चिमाञ्चल ईङ्गलिस स्कुलमा “विद्यार्थीका लागि ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनिकरण” गर्न सैद्धान्तिक ज्ञान प्रदान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सुचना शाखाले जनाएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले ट्राफिक सचेतना नहुदा र ट्राफिक नियम पालना नगर्दा पछिल्लो समय दुर्घटनाको दर बढ्दोक्रममा रहेको बताउदै यसको न्यूनिकरणका लागि विद्यालय तहबाटै सचेतना जरुरी रहेको बताउनुभयो ।

    उहाँले सडक प्रयोगकर्ताको लाहापर्वाहीपूर्ण सडक यात्रा गर्दा पनि सडक दुर्घटना हुनेभएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले समुदाय तहमा पुगेर गरिरहेको ट्राफिक सचेतना उपलव्धीमूलक भएको धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले “विद्यार्थीका लागि ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनिकरण” सम्बन्धी प्रशिक्षण दिदै सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा जानाकारी दिनुभयो ।

    उहाँले विद्यार्थीले सडक पार गर्दा वा पैदल यात्रा गर्दा जेब्राक्रस प्रयोग गर्न आग्रह गदै सडकको दाया छेउबाट मात्र पैदल हिड्नुपर्ने प्रशिक्षणका क्रममा बताउनुभयो ।

    सवारी साधन चलाउदा अनिवार्य सवारी चालक अनुमतीपत्रको जरुरी रहेको भन्दै प्रहरी निरीक्षक के.सी.ले सवारी दर्ता किताव (बिलबुक) समेत साथ हुनुपर्ने कानुनी प्रावधान भएको विद्यार्थीहरुलाई बताउनुभयो ।

    कायक्रममा ट्राफिक चिन्ह तथा सवारीको गती, सवारी चलाउदा थाहापाउनुपर्ने नियमहरुको विषयमा जानाकारी गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ प्रहरी नायव निरीक्षक दुर्गादत्त भट्टले बताउनुभयो ।

    प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक निरीक्षक यूवराज सेनले विद्यालय तहबाटै ट्राफिक सचेतना आवश्यक रहेको भन्दै यहाँ सिकेको ज्ञान घरपरिवार तथा साथीभाईहरुलाई समेत सिकाउन आग्रह गर्नुभयो ।

    पश्चिमाञ्चल ईङ्गलिस स्कुलका प्राचार्य तथा कार्यक्रमका अध्यक्ष राजु ढकालले ट्राफिक सचेतना कार्यक्रम विद्यार्थीहरुलाई जरुरी भएको भन्दै यस्ता कार्यक्रम बार्षिक रुपमा सवै विद्यालय तहमा हुनुपर्ने बताउनुभयो ।

    पश्चिमाञ्चल ईङ्गलिस स्कुलका सहायक प्राचार्य नबराज ढुङ्गानाका स्वागत मन्तव्य तथा हिमलालको पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.