logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सिद्धार्थनगर–४ मा तीज कार्यक्रम सम्पन्न, सभामुख खाँड केसीको सहभागिता


    ७ भाद्र २०८२ , शनिबार

    सिद्धार्थनगर–४ मा तीज कार्यक्रम सम्पन्न, सभामुख खाँड केसीको सहभागिता

    बिशन गुरुङ


    भैरहवा, भाद्र ७ । सिद्धार्थनगर नगरपालिका–४ द्वारा सिद्धार्थ बौद्ध गुम्बामा आयोजित हरितालिका तीज कार्यक्रम बुधबार विविध सांस्कृतिक प्रस्तुति बीच सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख माननीय मेनुका खाँड केसी प्रमुख अतिथि रहनु भएको थियो।

    उद्घाटन सत्रमा सभामुख खाँड केसीले ब्यानर वाचन गर्दै तीज नृत्यबाट औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य हरिबहादुर केसी, सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्धीबहादुर गुरुङ, समाजसेवी अर्जुन गुरुङ लगायतले स्वागत मन्तव्य र शुभकामना व्यक्त गरेका थिए।

    फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङले महिलाहरूको महान चाड तीजको शुभकामना दिंदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा स्थानियलाई परेको पीडा प्रमुख अतिथि खाँड केसी समक्ष राख्दै चाँडै सञ्चालन गराउन आग्रह गर्नुभयो।

    त्यस्तै, सभामुख खाँड केसीले तीजलाई सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक महत्व बोकेको पर्व भन्दै सबै धर्मावलम्बीले एकता र सहकार्यका साथ मनाउनु सकारात्मक भएको बताउनुभयो। उहाँले श्रीमानको दीर्घायुका लागि महिलाले बस्ने व्रत अब श्रीमानले पनि श्रीमतीको लागि बस्ने प्रचलन सुरु भए अझ राम्रो हुने सुझाव दिनुभयो। साथै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा चिन्ता व्यक्त गर्दै यसलाई संसदमा उठाउने प्रतिबद्धता समेत जनाउनुभयो।

    कार्यक्रमका अवसरमा वडा नं. ४ का अध्यक्ष मुक्ति प्रसाद यादव (भोला) ले दशैंपछि सिद्धार्थ बौद्ध गुम्बाको पर्खालमा काँडे तार, गेट र मूलढोका जडान गर्ने, प्राङ्गणमा माटो पाट्ने तथा भान्सा कोठामा एड्जस्ट फ्यान जडान गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले आफैं पनि तीजमा २४ घण्टा निराहार व्रत बस्ने जानकारी दिँदै आगामी वर्ष यस वर्षभन्दा अझ उत्कृष्ट कार्यक्रम गर्ने प्रतिज्ञा गर्नुभयो।

    यस्तै, अध्यक्ष यादवले वडाभित्रका संघ–संस्थाहरूको निरन्तर साथ रहेको स्मरण गर्दै फुलबारी सेवा समाजलाई भवनको खाँचो रहेको विषय उठाउनुभयो। साथै, विमानस्थल सञ्चालनमा पहल गर्न सभामुख खाँड केसीलाई आग्रह गर्दै सहभागीहरूलाई माया–चिनो वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो।

    कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थ बौद्ध गुम्बाका अध्यक्ष बुद्धीबहादुर गुरुङ, फुलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ, महिला सदस्य मञ्जु कुमारी चौधरी, समाजसेवी अर्जुन गुरुङ, सामुदायिक प्रहरी सेवा समिति, श्रीराम जानकी मन्दिर सेवा समिति, सिनपा मदरसा, विभिन्न धार्मिक संस्थाका पदाधिकारीहरू, आमा समूहका प्रतिनिधि तथा स्थानिय दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.