logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    सूर्य प्रिन्टिङका अर्याल उद्योग उपाध्यक्षमा निर्वाचित


    ८ भाद्र २०८२ , आइतबार

    सूर्य प्रिन्टिङका अर्याल उद्योग उपाध्यक्षमा निर्वाचित

    भैरहवा, भाद्र ८ । रुपन्देही उद्योग वाणिज्य संघ (चेम्बर अफ कमर्स, रुपन्देही)को १८औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशनले सूर्य प्रिन्टिङ एण्ड स्टेशनरी  उद्योगका सञ्चालक मधुसुदन अर्याललाई उद्योगतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

    शनिबार सम्पन्न अधिवेशनले सचिन रोक्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। यसअघि रोक्का संघका वरिष्ठ उपाध्यक्ष रहनुभएको थियो भने संघको नेतृत्व दर्पण श्रेष्ठले सम्हाल्नुभएको थियो।

    निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा राम मिलन यादव निर्वाचित हुनुभयो भने वाणिज्यतर्फको उपाध्यक्षमा सुरेन्द्रकुमार पाण्डेय चयन हुनुभयो। महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा धिरज कुमार मल्लिक, सचिवमा गौतमकुमार गुप्ता र कृष्ण प्रसाद पाण्डे तथा सहकोषाध्यक्षमा सन्तोष शुक्ला निर्वाचित हुनुभएको छ।

    त्यस्तै, एशोसिएट सदस्यमा रामअवध गुप्ता चयन हुनुभयो। उद्योगतर्फका सदस्यमा राम प्रसाद भण्डारी, राम प्रसाद श्रेष्ठ र राजन विश्वकर्मा रहनुहुन्छ भने वाणिज्यतर्फ दिनेश गुप्ता, गोविन्द सापकोटा जैसी, शम्भु प्रसाद यादव, विष्णु कंडेल, शिवम जयसवाल, कृष्ण प्रसाद मरासिनी र प्रिया बन्धु न्यौपाने निर्वाचित हुनुभएको छ। महिलातर्फ माया खनाल र गीता गैरे बन्जाडे सदस्यमा चयन हुनुभएको छ।

    अध्यक्ष सचिन रोक्काले अधिवेशनकै क्रममा सिकन्दर अली र अब्दुल कयुमलाई कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको छ।

    मधुसुदन अर्याल लामो समयदेखि मुद्रण तथा स्टेशनरी व्यवसायसँग जोडिनुभएको छ। उहाँले भैरहवामा सञ्चालित सूर्य प्रिन्टिङ एण्ड स्टेशनरीमार्फत उद्योग क्षेत्रको मागलाई सम्बोधन गर्दै आएका कारण व्यवसायी तथा उद्यमी समुदायबीच विश्वासिलो व्यक्तित्वकारूपमा परिचित हुनुहुन्छ। यसपटक उद्योगतर्फको उपाध्यक्ष बनेसँगै उहाँबाट उद्योग क्षेत्रको आवाज थप सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.